काठमाडौं । निर्वाचन आयोगले निर्वाचन अभियान बैंक खाता कार्यविधि, २०८२ पारित गर्दै राजनीतिक दल तथा उम्मेदवारले पाउने नगद सहयोग र चन्दा अब अनिवार्य रूपमा बैंक खातामार्फत मात्रै खर्च गर्नुपर्ने व्यवस्था गरेको छ।
२५ हजार रुपैयाँ वा सोभन्दा बढी सहयोग सिधै खातामा लिनुपर्ने र कम रकम पनि खातामा जम्मा गरेर मात्रै खर्च गर्नुपर्नेछ। सरकारी, विदेशी तथा पब्लिक कम्पनीबाट सहयोग लिन रोक लगाइएको छ भने निर्वाचन खर्चको अनुगमनका लागि कोष तथा लेखा नियन्त्रण कार्यालयका प्रमुखहरूलाई जिम्मेवारी दिइएको छ।

