• About
  • Advertise
  • Privacy & Policy
  • Contact
Saturday, May 30, 2026
  • Login
  • Register
Advertisement
  • गृहपृष्ठ
  • सबै
  • सरकार
    • सङघीय सरकार
    • प्रदेश सरकार
    • स्थानीय सरकार
  • कर
    • सङघीय कर
    • प्रदेश कर
    • स्थानीय कर
  • पेशा/व्यावसाय
    • कृषि
    • पर्यटन
    • पेशा
    • व्यवसाय
  • उद्योग/व्यापार
    • उद्योग
    • व्यापार
  • समाज
    • अपराध
    • इतिहास
    • दुर्घटना
    • सेवा
    • धर्म
    • संस्कृति
    • सुरक्षा
  • शिक्षा /स्वास्थ्य
    • शिक्षा
    • स्वास्थ्य
  • …
    • राजनीति
    • बजेट /अर्थतन्त्र
      • संघीय बजेट
      • प्रदेश बजेट
      • स्थानीय बजेट
    • विकास
      • पूर्वाधार
      • जलबिधुत
      • सडक
      • सेवा प्रवाह गर्ने भवनहरू
    • अन्तरवार्ता
    • विचार
    • बाणिज्य
      • फाईनान्स
      • बैंक
      • वित्तीय संस्था
    • खेलकुद
    • साहित्य/मनोरञ्जन
No Result
View All Result
Tribune
  • गृहपृष्ठ
  • सबै
  • सरकार
    • सङघीय सरकार
    • प्रदेश सरकार
    • स्थानीय सरकार
  • कर
    • सङघीय कर
    • प्रदेश कर
    • स्थानीय कर
  • पेशा/व्यावसाय
    • कृषि
    • पर्यटन
    • पेशा
    • व्यवसाय
  • उद्योग/व्यापार
    • उद्योग
    • व्यापार
  • समाज
    • अपराध
    • इतिहास
    • दुर्घटना
    • सेवा
    • धर्म
    • संस्कृति
    • सुरक्षा
  • शिक्षा /स्वास्थ्य
    • शिक्षा
    • स्वास्थ्य
  • …
    • राजनीति
    • बजेट /अर्थतन्त्र
      • संघीय बजेट
      • प्रदेश बजेट
      • स्थानीय बजेट
    • विकास
      • पूर्वाधार
      • जलबिधुत
      • सडक
      • सेवा प्रवाह गर्ने भवनहरू
    • अन्तरवार्ता
    • विचार
    • बाणिज्य
      • फाईनान्स
      • बैंक
      • वित्तीय संस्था
    • खेलकुद
    • साहित्य/मनोरञ्जन
No Result
View All Result
  • गृहपृष्ठ
  • सबै
  • सरकार
  • कर
  • पेशा/व्यावसाय
  • उद्योग/व्यापार
  • समाज
  • शिक्षा /स्वास्थ्य
  • …

टर्किस एयरलाइन्सको जहाजको इन्जिनमा आगलागी, कोलकातामा आकस्मिक अवतरण

ट्रिब्युन न्युज by ट्रिब्युन न्युज
प्रकाशित मिति : २०८२ माघ २१, बुधबार १५:४१
टर्किस एयरलाइन्सको जहाजको इन्जिनमा आगलागी, कोलकातामा आकस्मिक अवतरण
17
SHARES
190
VIEWS

काठमाडौँ । त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट टर्कीको इस्तानबुलका लागि उडेको टर्किस एयरलाइन्सको यात्रुवाहक जहाजको इन्जिनमा आगलागी भएपछि भारतको कोलकातामा आकस्मिक अवतरण गरिएको छ।

२२५ यात्रु सवार उक्त जहाज हाल सुरक्षित अवस्थामा रहेको विमानस्थल प्रशासनले जनाएको छ। त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलका महाप्रबन्धक टेकनाथ सिटौलाका अनुसार उडान नम्बर टीएचवाई ७२७ (ए३३०–३०३ सिरिज) को जहाजले बुधबार दिउँसो १ बजेर २८ मिनेटमा उडान भरेको करिब चार मिनेटमै दायाँ इन्जिनमा आगलागी देखिएको थियो।

इन्जिनमा आगो देखिएलगत्तै क्याप्टेनले विमानस्थललाई जानकारी गराएका थिए। त्यसपछि चालकदलले तत्काल दायाँ इन्जिन बन्द गरी जहाजलाई पश्चिम दिशामा करिब १० देखि १२ मिनेटसम्म होल्ड गरेका थिए।

ADVERTISEMENT

आगलागीको खबर प्राप्त भएपछि त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थललाई करिब १५ मिनेटका लागि पूर्ण रूपमा बन्द गर्दै दमकल, एम्बुलेन्स र सुरक्षा टोलीलाई उच्च सतर्कतामा राखिएको थियो।

विमानस्थल प्रशासनले काठमाडौँमै आकस्मिक अवतरणको तयारी गरे पनि चालकदलले यात्रुको सुरक्षालाई मध्यनजर गर्दै जहाजलाई भारतको कोलकाता डाइभर्ट गर्ने निर्णय गरेपछि सोहीअनुसार अनुमति दिइएको जनाइएको छ।

जहाजले बाँया इन्जिनको मात्र सहयोगमा कोलकातामा सुरक्षित अवतरण गरेको छ। सबै यात्रु र चालकदल सुरक्षित रहेको पुष्टि गरिएको छ।

Advertisment Advertisment Advertisment

जहाज कोलकाता अवतरण गरेसँगै त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलको उडान तथा अवतरण सेवा पुनः सामान्य अवस्थामा फर्किएको छ। इन्जिनमा आगलागी हुनुको कारणबारे प्राविधिक टोलीद्वारा विस्तृत अनुसन्धान गरिने विमानस्थल प्रशासनले जनाएको छ।

Previous Post

पर्सा क्षेत्र नं. २ मा घरदैलो तीव्र: ‘तारा छाप’ लिएर उम्मेदवार गाउँ–गाउँमा

Next Post

निर्वाचन खर्चमा कडाइ, नगद चन्दा पनि बैंक खातामार्फत अनिवार्य

ट्रिब्युन न्युज

ट्रिब्युन न्युज

ट्रिब्यून नेपाल प्रा.लि.द्वारा सञ्चालित tribunenewsnp.com डिजिटल पत्रिका मोफसलबाट प्रकाशित एक तथ्य र तथ्यांक सहितको अनलाईन समाचार पोर्टल हो । तथ्यांकमा आधारित रहेर अध्ययन अनुसन्धान सहितको समाचार सम्प्रेषण गर्ने यस अनलाईनमा अध्ययन र अनुसन्धानमा गहिरो दख्खल राख्ने व्यक्तिहरु आवद्ध रहेका छन् । तीन तहकै सरकार सञ्चालनमा आवश्यक स्रोत व्यावस्थापन तथा परिचालनको विषयमा तथ्यांक केलाउनका लागि केन्द्रकै भर पर्नुपर्ने बाध्यतालाई अन्त्य गरी मोफसलबाट पनि तथ्य र तथ्यांक सहितको समाचार दिने हाम्रो ध्येय हो ।

ADVERTISEMENT
Facebook Twitter Youtube
ट्रिब्यून नेपाल प्रा.लि.द्वारा संचालित
tribunenewsnp.com
newsbirgunj.com
Email : tribunenews77@gmail.com
Contact : 9855032829
         9824229089
अध्यक्ष : डा. दिपेन्द्र कुमार चौधरी
सम्पादक : एन.बी. पिठाकोटे
न्युज डेस्क : इश्वर राना मगर

2023 Powered ll Site Designed By Newlife Ranjit Yadav   l   सूचना तथा प्रशारण विभाग दर्ता नं. : २४६४/०७७/०७८   l   प्रेस काउन्सिल दर्ता नं. २८६३

No Result
View All Result
  • स्वास्थ्य
  • बाणिज्य
    • फाईनान्स
    • बैंक
    • वित्तीय संस्था
  • राजनीति
  • विकास
    • जलबिधुत
    • पूर्वाधार
    • सडक
    • बजेट /अर्थतन्त्र
      • संघीय बजेट
      • प्रदेश बजेट
      • स्थानीय बजेट
  • Old Site

2023 Powered ll Site Designed By Newlife Ranjit Yadav   l   सूचना तथा प्रशारण विभाग दर्ता नं. : २४६४/०७७/०७८   l   प्रेस काउन्सिल दर्ता नं. २८६३

Welcome Back!

Login to your account below

Forgotten Password? Sign Up

Create New Account!

Fill the forms below to register

All fields are required. Log In

Retrieve your password

Please enter your username or email address to reset your password.

Log In