पर्सा । आगामी निर्वाचनको चहलपहलसँगै पर्सा क्षेत्र नं. २ मा चुनावी गतिविधि निकै तीव्र पारिएको छ। “टोल–टोल, गाउँ–गाउँमा तारा छाप” भन्ने मुख्य नाराका साथ उम्मेदवारहरू यतिबेला मतदाताको घरदैलोमा पुगिरहेका छन्।
यसै क्रममा पर्सागढी नगरपालिकाका विभिन्न वडाहरूमा व्यापक जनपरिचालन सहित घरदैलो कार्यक्रम सम्पन्न भएको छ। नगरपालिकाको वडा नं. ७ स्थित टिकुलिया तथा वडा नं. ९ को एकटाँगा र बढेरवामा उम्मेदवार सहितको टोलीले मतदाताहरूसँग प्रत्यक्ष भेटघाट गरेको छ।
भेटघाटका क्रममा उम्मेदवारले स्थानीय विकास, कृषिमा सुधार र सुशासनका एजेन्डाहरू प्रस्तुत गर्दै ‘तारा छाप’मा मतदान गरी आफूलाई विजयी गराउन आग्रह गर्नुभयो। स्थानीय बासिन्दाहरूले पनि उम्मेदवारलाई भव्य स्वागत गर्दै आफ्ना टोलका समस्याहरूबारे ध्यानाकर्षण गराएका छन्।

