वीरगन्ज । पर्सा क्षेत्र नं. २ का प्रतिनिधिसभा सदस्य उम्मेदवार अमिताभ बच्चन दासले चुनावी अभियानलाई तीव्र बनाउँदै पर्सागढी नगरपालिका वडा नं. १ अन्तर्गत बासवरिया र भटनीमा आम जनसमुदायसँग भेटघाट तथा घरदैलो कार्यक्रम सम्पन्न गर्नुभएको छ।
भेटघाटका क्रममा उम्मेदवार दासले क्षेत्रको समग्र विकासका लागि आफ्ना प्राथमिकता र योजनाहरू सार्वजनिक गर्नुभयो। उहाँले युवाहरूलाई स्वदेशमै रोजगारीको अवसर सिर्जना गर्ने, यस क्षेत्रलाई आधुनिक कृषि हबको रूपमा विकास गर्ने तथा निःशुल्क प्राविधिक शिक्षा र गुणस्तरीय स्वास्थ्य सेवाको सुनिश्चितता गर्ने प्रतिबद्धता व्यक्त गर्नुभयो।
घरदैलो कार्यक्रममा स्थानीय मतदाताहरूले उत्साहका साथ सहभागिता जनाएका थिए। भेटघाटका क्रममा मतदाताहरूले उम्मेदवार दासका एजेन्डाप्रति समर्थन जनाउँदै आगामी निर्वाचनमा ‘आँखा’ छापमा मतदान गरी विजयी गराउने प्रतिबद्धता व्यक्त गरेको पार्टी स्रोतले जनाएको छ।

