काठमाडौं । नेपाली कांग्रेसका सभापति गगनकुमार थापाले पार्टीका निवर्तमान सभापति शेरबहादुर देउवासँग निरन्तर संवादमा रहेको बताएका छन् । धनुषा–४ मा आयोजित चुनावी कार्यक्रममा उनले पार्टीभित्र हाल कुनै मतभेद नरहेको र कांग्रेस एक ढिक्का भएर निर्वाचनमा होमिएको उल्लेख गरे ।
थापाले भदौ २३–२४ को जेनजी आन्दोलन देश चलाउने कार्यशैलीविरुद्ध भएको बताउँदै त्यसपछि कांग्रेस सोच र कार्यशैली परिवर्तन गरेर अघि बढेको दाबी गरे । माघमा सम्पन्न अधिवेशनपछि कांग्रेस नयाँ रूपमा प्रस्तुत भएको उनको भनाइ छ ।
