चितवन। चितवनको मुग्लिन–नारायणगढ सडकखण्डमा आज बिहान बस पल्टिँदा ३८ जना घाइते भएका छन् । दाङबाट काठमाडौंतर्फ आउँदै गरेको लुम्बिनी प्रदेश ०२-००१ ख ०४६० नम्बरको नाइट बस बिहान करिब ३:१० बजे घुमाउने भन्ने स्थानमा दुर्घटनामा परेको हो ।
प्रहरीले घाइतेहरूको उद्धार गरी भरतपुरका विभिन्न अस्पतालमा उपचारका लागि पठाएको छ । मौलाकालिका अस्पतालमा १५, पुरानो मेडिकल कलेजमा १३, नयाँ मेडिकल कलेजमा ४ र जनता केयर अस्पताल मुग्लिनमा ६ जनाको उपचार भइरहेको प्रहरीले जनाएको छ ।
दुर्घटनापछि केही समय अवरुद्ध सडक अहिले खुलिसकेको छ । घटनाबारे थप विवरण आउन बाँकी छ ।
