काठमाडौं। मन्त्रिपरिषद्को बिहीबार बसेको बैठकले राष्ट्रपति रामचन्द्र पौडेलको जापान भ्रमण स्वीकृत गरेको छ।
सरकारका प्रवक्ता तथा गृहमन्त्री ओमप्रकाश अर्यालका अनुसार राष्ट्रपति पौडेल माघ १८ देखि २१ गतेसम्म चार दिने जापान भ्रमणमा जानुहुनेछ। उहाँ नेपाल–जापान कूटनीतिक सम्बन्ध स्थापनाको ७०औँ वर्षगाँठका अवसरमा जापानमा आयोजना हुने कार्यक्रममा सहभागी हुनुहुनेछ।
