काठमाडौं। सरकारले नेपाल प्रहरीको रासन स्केल तथा दैनिक रासन रकम वृद्धि गर्ने निर्णय गरेको छ। बिहीबार प्रधानमन्त्री निवास बालुवाटारमा बसेको मन्त्रिपरिषद् बैठकले उक्त निर्णय गरेको हो।
सरकारका प्रवक्ता एवं गृहमन्त्री ओमप्रकाश अर्यालका अनुसार निर्णय २०८२ साल फागुन १ गतेदेखि लागू हुनेछ। तर, कति रकम वृद्धि गरिएको हो भन्ने विवरण भने सार्वजनिक गरिएको छैन।
