काठमाडौं । नेपाली कांग्रेसका उपसभापति विश्वप्रकाश शर्माले समाजमा निराशा, असन्तुष्टि र गुनासो रहेको बताएका छन्। कांग्रेस रामेछापको कार्यक्रममा उनले जेनजी आन्दोलनपछि कांग्रेसले आफूलाई रूपान्तरण गर्दै नयाँ युगतर्फ अघि बढेको उल्लेख गरे।
उनले कांग्रेसले अघि सारेको प्रधानमन्त्रीको उम्मेदवार नयाँ युगको प्रतिनिधि भएको जिकिर गर्दै कांग्रेस भएर शिर निहुराउनुपर्ने कुनै काम नगरेको दाबी गरे।
