वीरगञ्ज । प्याब्सन नेपाल मेडिसिटी अन्तर विद्यालय टी–२० नकआउट क्रिकेट प्रतियोगिताको दोस्रो दिन तीन रोमाञ्चक खेलहरू सम्पन्न भएका छन्।
पहिलो खेलमा ज्ञानदा एकेडेमीले लिटल एन्जल्स माविलाई ४ विकेटले पराजित गर्यो। म्यान अफ द म्याच आदित्य महतो घोषित भए, दोस्रो खेलमा ७२ रनको सामान्य योगफल रक्षा गर्दै माउण्ट मकालुले मालिनी एकेडेमीलाई ६ रनले हरायो। आकाश कुमार महतो म्यान अफ द म्याच बने भन्ने तेस्रो खेलमा १११ रन बनाएको बीरगन्ज स्कूलले श्री आदर्श माविलाई ६५ रनमै समेट्दै सहज जित निकाल्यो। अनिस कुमार पटेलले म्यान अफ द म्याचको अवार्ड जिते।
जुनियर फुटबलको पनि सुरुवात यसैबीच, ४ फिट १० इन्च उचाइ समूहका खेलाडीहरूका लागि प्याब्सन पर्साले जुनियर नकआउट फुटबल प्रतियोगिता पनि सुरु गरेको छ। २१ विद्यालय सहभागी प्रतियोगिताको उद्घाटन खेलमा एसआर ग्यालेक्सी माविले ज्ञान ज्योति माविलाई १–० गोलले पराजित गर्यो। आलोक गिरीले निर्णायक गोल गर्दै म्यान अफ द म्याचको उपाधि पाए।
मधेस प्रदेश खेलकुद परिषद्का सदस्य सचिव शिवजी गुप्ताले उद्घाटन गरेको सो कार्यक्रम प्याब्सन पर्साका अध्यक्ष सरोज प्रसाद चौधरीको अध्यक्षतामा सम्पन्न भएको थियो।
