काठमाडौँ । मध्यपुरथिमि–२ सानोथिमिस्थित बाल सुधारगृहमा बिहीबार राति दुई समूहबीच झडप हुँदा आगजनी र तोडफोड भएको छ।
स्थिति नियन्त्रणमा लिन थिमि प्रहरी वृत्तको टोली र सशस्त्र प्रहरी बल परिचालन गरिएको थियो। मध्यरातमा भक्तपुर र काठमाडौंका वारुणयन्त्रले आगो निभाएका छन्। हाल स्थिति नियन्त्रणमा रहे पनि सुरक्षाकर्मीको बाक्लो निगरानी जारी छ। रासस
