वीरगन्ज । भारतको झारखण्डस्थित बोकारो थर्मल (बीटीपीएस) रेलवे स्टेशनमा कोइला बोकेको एक मालगाडीमा लागेको ठूलो आगो सीआईएसएफको फायर विङ्गको सक्रियताका कारण टरेको छ।
बुधबार बिहान स्टेशनमा रोकिएको मालगाडीका केही डिब्बाहरूबाट अचानक धुवाँ निस्कन थालेपछि त्यहाँ रहेका यात्रु र कर्मचारीहरूमा त्रास फैलिएको थियो।
घटनाको जानकारी पाउनासाथ बीटीपीएस बोकारोस्थित सीआईएसएफ फायर कन्ट्रोल रुमका जवानहरू तत्काल घटनास्थलमा पुगेका थिए।
आगलागीको गम्भीरतालाई ध्यानमा राख्दै सुरक्षाका लागि रेल मार्गको हाई–टेन्सन विद्युतीय प्रसारण लाइन काटिएको थियो।
त्यसपछि सीआईएसएफका अग्निशमन कर्मीहरूले निकै प्रयासपछि आगोलाई पूर्ण रूपमा नियन्त्रणमा लिएका थिए।
सीआईएसएफको व्यावसायिकता र समयमै गरिएको यो कारबाहीले गर्दा आगो अन्य डिब्बाहरूमा फैलन पाएन, जसका कारण ठूलो जनधनको क्षति हुनबाट जोगिएको छ।
यस घटनाले महत्त्वपूर्ण औद्योगिक र सार्वजनिक पूर्वाधारको सुरक्षामा सीआईएसएफको तत्परता र प्रतिबद्धतालाई फेरि एक पटक प्रमाणित गरेको छ।

