काठमाडौं । मिराज ढुंगानाको नेतृत्वमा ‘जेनजी’ पुस्ताले सरकारविरुद्ध काठमाडौंको माइतीघर मण्डलामा मंगलबार पनि आफ्नो प्रदर्शन जारी राखेका छन्। सरकारले जेनजी विद्रोहको भावना र मागहरूलाई बेवास्ता गरेको भन्दै उनीहरू आन्दोलित भएका हुन्।
प्रदर्शनकारीहरूले मुलुकमा व्याप्त भ्रष्टाचार नियन्त्रण, सुशासनको स्थापना र आन्दोलनका क्रममा भएका दमनमा संलग्नहरूलाई कारबाही गर्नुपर्ने माग राख्दै वर्तमान सरकारको कडा विरोध गरिरहेका छन्। उनीहरूले ‘जेनजीको माग चुनाव होइन सुशासन हो’ र ‘अतिभो राजनीतिक खेल, आमा सरकार फेल’ जस्ता नारा अंकित प्लेकार्डहरू प्रदर्शन गर्दै निर्वाचनभन्दा पनि व्यवस्थामा सुधारको आवश्यकता औंल्याएका छन्।
सोमबारको प्रदर्शनका क्रममा प्रहरीले केही युवाहरूलाई नियन्त्रणमा लिए तापनि उनीहरूले आफ्नो विरोध कार्यक्रमलाई निरन्तरता दिएका हुन्।
