काठमाडौं । फागुन २१ गतेका लागि तय भएको प्रतिनिधि सभा निर्वाचनको मिति परिवर्तन हुन सक्ने संकेत कांग्रेस महामन्त्री विश्वप्रकाश शर्माबाट आएको छ। सरकार–जेनजीबीचको सहमतिको प्रसंग उठाउँदै उनले आवश्यकता परे वैशाखसम्म निर्वाचन धकेल्दा केही नबिग्रने टिप्पणी गरे।
यता, चुनाव नजिकिँदै गर्दा सरकारले एकाएक मन्त्रिपरिषद् विस्तार गर्दै चार नयाँ मन्त्री नियुक्त गरेको छ। यससँगै मन्त्रीसंख्या १४ पुगेको छ। सुदूरपश्चिम र कर्णाली पक्षबाट मन्त्री सहभागी गराउन माग बढेपछि विस्तार गरिएको सरकारको भनाइ छ।
मन्त्रिपरिषद् विस्तारले चुनावी मिति सार्ने अड्कलबाजी थपिए पनि सरकारका प्रवक्ता जगदीश खरेलले तोकिएको मितिमै चुनाव हुने दाबी गरेका छन्।
