जनकपुरधाम। मधेश प्रदेशमा नयाँ सरकार गठनका लागि आज साँझ ५ बजेसम्म दाबी पेश गर्ने समय सीमा तोकिएको छ। एमाले बाहेकका सात दलीय गठबन्धनले आन्तरिक छलफल तीव्र पार्दै सरकार गठनको तयारी गरेका छन्।
सर्वोच्च अदालतको आदेशपछि मुख्यमन्त्री सरोजकुमार यादवले १७ मंसिरमा राजीनामा दिएपछि प्रदेश प्रमुखले संविधानको धारा १६८(२) अनुसार नयाँ सरकारका लागि दाबी माग गरेका थिए।
नेपाली कांग्रेस, जसपा नेपाल, जनमत पार्टी, माओवादी केन्द्र, लोसपा, एकीकृत समाजवादी र नागरिक उन्मुक्ति पार्टीसहितका सात दलबीच आठ घण्टासम्म छलफल चलेको थियो। जसपा नेता सरोजकुमार यादवका अनुसार गठबन्धनले नयाँ मुख्यमन्त्रीको नाम टुंगो लगाइसकेको छ र आज दिउँसो नै दाबी पेश गर्ने तयारी छ।

