• About
  • Advertise
  • Privacy & Policy
  • Contact
Saturday, June 27, 2026
  • Login
  • Register
Advertisement
  • गृहपृष्ठ
  • सबै
  • सरकार
    • सङघीय सरकार
    • प्रदेश सरकार
    • स्थानीय सरकार
  • कर
    • सङघीय कर
    • प्रदेश कर
    • स्थानीय कर
  • पेशा/व्यावसाय
    • कृषि
    • पर्यटन
    • पेशा
    • व्यवसाय
  • उद्योग/व्यापार
    • उद्योग
    • व्यापार
  • समाज
    • अपराध
    • इतिहास
    • दुर्घटना
    • सेवा
    • धर्म
    • संस्कृति
    • सुरक्षा
  • शिक्षा /स्वास्थ्य
    • शिक्षा
    • स्वास्थ्य
  • …
    • राजनीति
    • बजेट /अर्थतन्त्र
      • संघीय बजेट
      • प्रदेश बजेट
      • स्थानीय बजेट
    • विकास
      • पूर्वाधार
      • जलबिधुत
      • सडक
      • सेवा प्रवाह गर्ने भवनहरू
    • अन्तरवार्ता
    • विचार
    • बाणिज्य
      • फाईनान्स
      • बैंक
      • वित्तीय संस्था
    • खेलकुद
    • साहित्य/मनोरञ्जन
No Result
View All Result
Tribune
  • गृहपृष्ठ
  • सबै
  • सरकार
    • सङघीय सरकार
    • प्रदेश सरकार
    • स्थानीय सरकार
  • कर
    • सङघीय कर
    • प्रदेश कर
    • स्थानीय कर
  • पेशा/व्यावसाय
    • कृषि
    • पर्यटन
    • पेशा
    • व्यवसाय
  • उद्योग/व्यापार
    • उद्योग
    • व्यापार
  • समाज
    • अपराध
    • इतिहास
    • दुर्घटना
    • सेवा
    • धर्म
    • संस्कृति
    • सुरक्षा
  • शिक्षा /स्वास्थ्य
    • शिक्षा
    • स्वास्थ्य
  • …
    • राजनीति
    • बजेट /अर्थतन्त्र
      • संघीय बजेट
      • प्रदेश बजेट
      • स्थानीय बजेट
    • विकास
      • पूर्वाधार
      • जलबिधुत
      • सडक
      • सेवा प्रवाह गर्ने भवनहरू
    • अन्तरवार्ता
    • विचार
    • बाणिज्य
      • फाईनान्स
      • बैंक
      • वित्तीय संस्था
    • खेलकुद
    • साहित्य/मनोरञ्जन
No Result
View All Result
  • गृहपृष्ठ
  • सबै
  • सरकार
  • कर
  • पेशा/व्यावसाय
  • उद्योग/व्यापार
  • समाज
  • शिक्षा /स्वास्थ्य
  • …

अवैध आयातले स्वदेशी चिनी उद्योग संकटमा, चिनी बिक्री नहुँदा १० हजार टन गोदाममै थन्कियो

ट्रिब्युन न्युज by ट्रिब्युन न्युज
प्रकाशित मिति : २०८२ मंसिर १६, मंगलवार १५:०७
अवैध आयातले स्वदेशी चिनी उद्योग संकटमा, चिनी बिक्री नहुँदा १० हजार टन गोदाममै थन्कियो
13
SHARES
140
VIEWS

बारा– उखु क्रसिङ सुरु हुनै लाग्दा मधेश प्रदेशका तीन उद्योगमा गत वर्षको करिब १० दश हजार टन चिनी गोदाममा थन्किएको छ । भारतबाट अवैध आयात भएर आउने चिनीभन्दा स्वदेशी महँगो भएपछि बिक्री नभएर थन्किएको हो ।

भारतबाट चोरी तस्करी गरेर ल्याएको चिनी खुद्रा व्यवसायीलाई प्रतिकेजी ६७ रुपैयाँमा दिने गरिएको छ । स्वदेशी उद्योगहरुले भने खुद्रा व्यापारीलाई प्रतिकेजी ८० रुपैयाँमा मात्र उपलब्ध गराउँछन् । खुद्रा व्यापारीहरुले स्वदेशीका तुलनामा अवैध आयात भएको चिनी प्रतिकिलो १३ रुपैयाँ सस्तो पाइरहेका छन् । यही मूल्य अन्तरका कारण खुद्रा व्यापारीले स्वदेशी खरिद नगर्दा उद्योगहरुमा १० हजार टनभन्दा बढी चिनी मौज्दात रहेको हो ।

उद्योगीहरुका अनुसार अहिले बाराको रिलायन्स सुगर मिल, महोत्तरीको एभरेष्ट सुगर मिल र सर्लाहीको इन्दु शंकर चिनी मिलका गोदाममा १० हजार ३ सय टन चिनी मौज्दात छ । भारतबाट चोरी पैठारी भएर सस्तो चिनी आए पनि उपभोक्ता महँगो मूल्य तिर्न बाध्य छन् । खुद्रा व्यापारीले प्रतिकिलो ६७ वा ८० जुनसुकै मूल्यमा खरिद गरेको चिनी उपभोक्तालाई ९० रुपैयाँमा बिक्री गर्दै आएका छन् ।

ADVERTISEMENT

भारतबाट चोरीपैठारी गरी सस्तो मूल्यमा चिनी ल्याएका कारण स्वदेशी उद्योगको चिनी बिक्री नभएको बारास्थित रिलायन्स सुगर एण्ड केमिकल इण्डष्ट्रिज प्रालिका प्रबन्ध निर्देशक गौरव सिलोडियाले बताए । बढी नाफाको लोभमा स्थानीय विक्रेताले नेपाली चिनी बिक्री गर्न छाडेपछि त्यसको असर नेपाली उद्योग र उपभोक्ता दुवैलाई परेको उनको भनाइ छ ।

तस्करीको चिनीसँग मूल्यका कारण प्रतिस्पर्धा गर्न नसकेपछि स्वदेशी चिनीको किनबेच ठप्प जस्तै बनेको छ । नेपाल चिनी उद्योग संघका उपाध्यक्ष समेत रहेका रिलायन्सका सञ्चालक राजकुमार अग्रवालले ‘चोरी तस्करीको सस्तो चिनी बजारमा छ, हाम्रो कसले खोज्छ र बिक्छ’ भन्दै चिन्ता व्यक्त गरे । उनका अनुसार धान, चामल भन्दै मधेश प्रदेशका साना भन्सारबाटै सेटिङमा चिनी भित्रिने गरेको छ । चोरी तस्करीको चिनी तराईका बजारमा मात्र होइन, स्वदेशी चिनीको नक्कली बोरामा प्याक गरी पहाडी क्षेत्रका बजारमा समेत सहजै पुग्न थालेको आरोप उद्योगीहरुको छ ।

भुक्तानी डरले उखु क्रसिङ अन्योलमा
आगामी पुस १ गतेदेखि उखु क्रसिङ थाल्ने तयारीमा रहेका १३ चिनी उद्योग यतिबेला उद्योगको औजार मर्मत पूरा गरी उत्पादन गर्न तयारी अवस्थामा रहेका छन् । चार महिना चल्ने उद्योगहरुले दुई लाख टन बढी चिनी उत्पादन गर्ने लक्ष्य राखेका छन् । गत वर्ष १ लाख ९३ हजार टन उखु क्रसिङ गरेकोे नेपाल चिनी उद्योग संघले जनाएको छ ।

Advertisment Advertisment Advertisment

दशकअघि पनि अहिलेकै जस्तो अनियन्त्रित रूपमा अत्यधिक चिनीको तस्करी र आयात हुँदा स्वदेशी उद्योग समस्यामा परी किसानको भुक्तानी गर्न नसक्दा तनावपूर्ण अवस्था बनेको स्मरण गर्दै अहिले पनि त्यस्तै अवस्था आउन सक्ने परिस्थिति निर्माण भएको संघका उपाध्यक्ष अग्रवालले आँकलन गरे । उनले भने, ‘क्रसिङ गर्नैपर्ने बाध्यता रहे पनि कृषकको भुक्तानीको समस्या देखिने निश्चित छ । उखु उत्पादनमा उद्योगको लगानीसँगै कृषकको जीवन जोडिँदा समेत सरकार गम्भिर बन्न सकेको छैन ।’

उखु काट्नेदेखि, लोड–अनलोड, ढुवानी, यातायात सहित करिब आठ हजार परिवार एक चिनी मिलमा प्रत्यक्ष–अप्रत्यक्ष जोडिने गरेका छन् । तीन दशकदेखि उखुको व्यावसायिक खेती गर्दै आएका सुवर्ण महतोका अनुसार एक बिगा क्षेत्रफलमा करिब तीन सय क्विन्टल उखु उत्पादन हुन्छ, जसबाट २७ सय किलो चिनी तयार हुन्छ ।

तस्करी रोक्न छैन चासो
चिनी उद्योग संघका पदाधिकारीहरुले हालै अर्थ र कृषि मन्त्रीलाई भेटेर बजारको माग र स्वदेशी उत्पादनको यकिन गरेर चिनी आयातको कोटा निर्धारण गर्नुपर्ने, अवैध तस्करी नरोकिए स्वदेशी चिनी उद्योग चल्न नसक्ने, स्वदेशी चिनीको उत्पादन र बजारको ग्यारेन्टी हुनुपर्ने, कृषकलाई अनुदान र चिनी आयातको भन्सार दरमा परिवर्तन गर्न आग्रह गरेका थिए ।

तस्करीको चिनीमा स्वदेशी बोराको प्रयोग गरी अवैध व्यापार बढ्दा करोडौं राजस्व प्रभावित भएको विषयमा पनि उद्योगीहरुले जानकारी दिएका थिए । भन्सार प्रशासन, सीमा सुरक्षामा रहेका सशस्त्र प्रहरी तथा राजमार्गमा चेकजाँच गर्ने प्रहरीको मिलेमतोमा माग, आपूर्ति, स्टक र बजारको चिनीलाई अनुमान गरेर एक वर्षमा अवैध बाटोबाट ४० हजार टन चिनी नेपाल भित्रिने संघले अनुमान गरेको छ ।

मधेश प्रदेश प्रहरी कार्यालयका प्रमुख प्रहरी नायब महानिरीक्षक गोविन्द थपलियाले खुला सीमाका कारण चिनी तस्करी भएको आफूले बुझेर नियन्त्रणको प्रयासमा लागेको जानकारी दिए । यस वर्ष सरकारले उखुको मूल्य तोक्न सकेको छैन । गत वर्ष ५ सय ८५ रुपैयाँ प्रतिक्विन्टल तोकिएको थियो ।

 

 

कारोबारबाट…

Previous Post

पर्सामा लागु औषध गाँजा बोकेको कार सहित दुई जना पक्राउ, १०४ किलो भन्दा बढी गाँजा बरामद

Next Post

पत्रपत्रिका वर्गीकरणको नतिजा त्रुटिपूर्ण र पक्षपाती भएकोमा प्रेस सेन्टर नेपालको गम्भीर आपत्ति

ट्रिब्युन न्युज

ट्रिब्युन न्युज

ट्रिब्यून नेपाल प्रा.लि.द्वारा सञ्चालित tribunenewsnp.com डिजिटल पत्रिका मोफसलबाट प्रकाशित एक तथ्य र तथ्यांक सहितको अनलाईन समाचार पोर्टल हो । तथ्यांकमा आधारित रहेर अध्ययन अनुसन्धान सहितको समाचार सम्प्रेषण गर्ने यस अनलाईनमा अध्ययन र अनुसन्धानमा गहिरो दख्खल राख्ने व्यक्तिहरु आवद्ध रहेका छन् । तीन तहकै सरकार सञ्चालनमा आवश्यक स्रोत व्यावस्थापन तथा परिचालनको विषयमा तथ्यांक केलाउनका लागि केन्द्रकै भर पर्नुपर्ने बाध्यतालाई अन्त्य गरी मोफसलबाट पनि तथ्य र तथ्यांक सहितको समाचार दिने हाम्रो ध्येय हो ।

ADVERTISEMENT
Facebook Twitter Youtube
ट्रिब्यून नेपाल प्रा.लि.द्वारा संचालित
tribunenewsnp.com
newsbirgunj.com
Email : tribunenews77@gmail.com
Contact : 9855032829
         9824229089
अध्यक्ष : डा. दिपेन्द्र कुमार चौधरी
सम्पादक : एन.बी. पिठाकोटे
न्युज डेस्क : इश्वर राना मगर

2023 Powered ll Site Designed By Newlife Ranjit Yadav   l   सूचना तथा प्रशारण विभाग दर्ता नं. : २४६४/०७७/०७८   l   प्रेस काउन्सिल दर्ता नं. २८६३

No Result
View All Result
  • स्वास्थ्य
  • बाणिज्य
    • फाईनान्स
    • बैंक
    • वित्तीय संस्था
  • राजनीति
  • विकास
    • जलबिधुत
    • पूर्वाधार
    • सडक
    • बजेट /अर्थतन्त्र
      • संघीय बजेट
      • प्रदेश बजेट
      • स्थानीय बजेट
  • Old Site

2023 Powered ll Site Designed By Newlife Ranjit Yadav   l   सूचना तथा प्रशारण विभाग दर्ता नं. : २४६४/०७७/०७८   l   प्रेस काउन्सिल दर्ता नं. २८६३

Welcome Back!

Login to your account below

Forgotten Password? Sign Up

Create New Account!

Fill the forms below to register

All fields are required. Log In

Retrieve your password

Please enter your username or email address to reset your password.

Log In