काठमाडौं । यातायात व्यवस्था विभागले छपाइ भई वितरणका लागि तयार भएका सवारी चालक अनुमतिपत्र (लाइसेन्स) को विवरण अब फेसबुकमार्फत सार्वजनिक गर्ने भएको छ। सुरक्षण मुद्रण केन्द्रबाट छपाइ पूरा भएर विभागमा प्राप्त भएका लाइसेन्सहरूको सूची विभागको ‘हेल्लो यातायात व्यवस्था विभाग’ नामक फेसबुक पेजमा प्रकाशित गरिने विभागले बिहीबार जारी गरेको सूचनामा उल्लेख छ।
यसअघि अनलाइन फारम ‘एप्रुभ’ भएपछि ७२ घण्टाभित्र लाइसेन्स लिन आउन सन्देश पठाइने व्यवस्था थियो। जेनजी आन्दोलनका कारण सूचना प्रणाली ध्वस्त भएपछि विभागले नयाँ व्यवस्था लागू गरेको हो।
फेसबुकमा आफ्नो नाम समावेश भएकाहरूले सक्कल राजस्व रसिद र पुरानो लाइसेन्स लिएर विभागमा उपस्थित हुन विभागले अनुरोध गरेको छ। रासस
