मकवानपुर । जिल्ला प्रहरी कार्यालय मकवानपुरले अदालतबाट कैद तथा जरिवाना सजाय तोकिएका दुई जना फरार प्रतिवादीलाई पक्राउ गरी आवश्यक कारबाहीका लागि सम्बन्धित निकायमा बुझाएको छ।
जिल्ला प्रहरी कार्यालय र मातहतका कार्यालयबाट खटिएको विशेष टोलीले खोजतलासको क्रममा उनीहरूलाई शुक्रबार पक्राउ गरेको हो।
पक्राउ पर्नेहरुमा मनहरि गाउँपालिका वडा नमबर ६ का ६१ बर्षीय सीताराम थिङ र पर्साको जगरनाथपुर गाउँपालिका वडा नमबर २ का ३२ बर्षीय राजु पाण्डे रहेका छन् । थिङ बन्यजन्तु बेचबिखन तथा ओसारपसार मुद्दामा १५ वर्ष कैद र १० लाख जरिवानामा दोषी ठहर भएका थिए ।
उनी जेन्जेड आन्दोलनका क्रममा सुन्धारा कारागार कार्यालय तोडफोड गरी भागेका फरार प्रतिवादी रहको मकवानपुर प्रहरीका निमित्त सूचना अधिकारी प्रहरी निरीक्षक राजु कुमार कुर्मीले बताए । त्यस्तै राजु पाण्डे अपहरण तथा शरिर बन्धक मुद्दामा लामो समयदेखि फरार रहेका थिए ।
पक्राउ परेका दुवै जनालाई आवश्यक कारबाहीका लागि सम्मानित मकवानपुर जिल्ला अदालत, हेटौंडा र सम्बन्धित कारागार कार्यालयमा बुझाइएको जिल्ला प्रहरी कार्यालय मकवानपुरका निमित्त सूचना अधिकारी प्रहरी निरीक्षक राजु प्रसाद कुर्मीले जानकारी दिएका छन्।
