वीरगन्ज । जेन–जी आन्दोलनका क्रममा काठमाडौँको केन्द्रीय कारागार जगन्नाथदेवलबाट भागेका भएका कर्तव्य ज्यान मुद्दाका कैदीलाई वीरगञ्जबाट प्रहरीले पक्राउ गरेको छ।
जिल्ला प्रहरी कार्यालय पर्साले वीरगञ्ज महानगरपालिका वडा नं. ८ का ३७ वर्षीय दीपक कुमार महरालाई पक्राउ गरेको हो ।
प्रहरीको विशेष सूचनाका आधारमा खटिएको टोलीले आईतबार अपरान्ह ४ बजेको समयमा वीरगञ्जस्थित आफ्नै गाउँघरमा लुकीछिपी बसेको अवस्थामा नियन्त्रणमा लिएको जिल्ला प्रहरी कार्यालय पर्साका सूचना अधिकारी प्रहरी नायव उपरीक्षक हरि बहादुर बस्नेतले जानकारी दिए ।
पर्सा जिल्ला अदालतबाट कर्तव्य ज्यान कसूरमा २५ वर्ष कैद सजाय तोकिएका महरालाई पक्राउ गरी आवश्यक कारबाहीका लागि कारागार कार्यालय वीरगञ्ज पठाइएको प्रहरी नायब उपरीक्षक तथा सूचना अधिकारी हरि बहादुर बस्नेतले जानकारी दिए ।
