वीरगञ्ज। यातायात व्यवस्था कार्यालय वीरगञ्जबाट सेवा सुचारु भएको छ । मधेश प्रदेश सरकार श्रम तथा यातायात मन्त्रालय अन्तर्गतको यातायात व्यावस्था कार्यालयले मंगलबारबाट सवारी चालक अनुमतिपत्र (लाईसेन्स) को नयाँ आवेदन तथा वर्ग थप सम्बन्धी सेवा बाहेक अन्य सबै सेवाहरू सुचारु गरेको हो।
यातायात व्यवस्था कार्यालयकाले सूचना प्रकाशित गर्दै सम्बन्धित सबै सेवाग्राहीलाई सेवा सुचारु गरेको जानकारी गराएको हो । अब सेवाग्राहीहरूले कार्यालयबाट सवारी दर्ता, नामसारी, नवीकरण लगायतका अन्य सम्पूर्ण सेवाहरू पुनः प्राप्त गर्न सक्नेछन्।
तर, तत्कालका लागि सवारी चालक अनुमतिपत्र (लाइसेन्स) बनाउने वा वर्ग थप्ने काम भने स्थागित नै छ । जसले गर्दा नयाँ लाइसेन्स लिन चाहने वा वर्ग थप्न चाहने सेवाग्राहीहरूले केही समय पर्खनुपर्ने भएको छ।
भदौ २४ गते भएको जेनजी आन्दोलनका क्रममा यातायात व्यावस्था कार्यालयमा समेत तोडफोड र आगजनी भएपछि कार्यालयल व्यवस्थित नहुँदा सेवा प्रभावित भएको थियो ।

