• About
  • Advertise
  • Privacy & Policy
  • Contact
Sunday, April 26, 2026
  • Login
  • Register
Advertisement
  • गृहपृष्ठ
  • सबै
  • सरकार
    • सङघीय सरकार
    • प्रदेश सरकार
    • स्थानीय सरकार
  • कर
    • सङघीय कर
    • प्रदेश कर
    • स्थानीय कर
  • पेशा/व्यावसाय
    • कृषि
    • पर्यटन
    • पेशा
    • व्यवसाय
  • उद्योग/व्यापार
    • उद्योग
    • व्यापार
  • समाज
    • अपराध
    • इतिहास
    • दुर्घटना
    • सेवा
    • धर्म
    • संस्कृति
    • सुरक्षा
  • शिक्षा /स्वास्थ्य
    • शिक्षा
    • स्वास्थ्य
  • …
    • राजनीति
    • बजेट /अर्थतन्त्र
      • संघीय बजेट
      • प्रदेश बजेट
      • स्थानीय बजेट
    • विकास
      • पूर्वाधार
      • जलबिधुत
      • सडक
      • सेवा प्रवाह गर्ने भवनहरू
    • अन्तरवार्ता
    • विचार
    • बाणिज्य
      • फाईनान्स
      • बैंक
      • वित्तीय संस्था
    • खेलकुद
    • साहित्य/मनोरञ्जन
No Result
View All Result
Tribune
  • गृहपृष्ठ
  • सबै
  • सरकार
    • सङघीय सरकार
    • प्रदेश सरकार
    • स्थानीय सरकार
  • कर
    • सङघीय कर
    • प्रदेश कर
    • स्थानीय कर
  • पेशा/व्यावसाय
    • कृषि
    • पर्यटन
    • पेशा
    • व्यवसाय
  • उद्योग/व्यापार
    • उद्योग
    • व्यापार
  • समाज
    • अपराध
    • इतिहास
    • दुर्घटना
    • सेवा
    • धर्म
    • संस्कृति
    • सुरक्षा
  • शिक्षा /स्वास्थ्य
    • शिक्षा
    • स्वास्थ्य
  • …
    • राजनीति
    • बजेट /अर्थतन्त्र
      • संघीय बजेट
      • प्रदेश बजेट
      • स्थानीय बजेट
    • विकास
      • पूर्वाधार
      • जलबिधुत
      • सडक
      • सेवा प्रवाह गर्ने भवनहरू
    • अन्तरवार्ता
    • विचार
    • बाणिज्य
      • फाईनान्स
      • बैंक
      • वित्तीय संस्था
    • खेलकुद
    • साहित्य/मनोरञ्जन
No Result
View All Result
  • गृहपृष्ठ
  • सबै
  • सरकार
  • कर
  • पेशा/व्यावसाय
  • उद्योग/व्यापार
  • समाज
  • शिक्षा /स्वास्थ्य
  • …

बलात्कारको धम्कीले नगर प्रमुख लामालाई मिल्यो हेटौंडालाई महिलामैत्री सहर बनाउने साहस

ट्रिब्युन न्युज by ट्रिब्युन न्युज
प्रकाशित मिति : २०८२ कार्तिक १८, मंगलवार २०:२६
बलात्कारको धम्कीले नगर प्रमुख लामालाई मिल्यो हेटौंडालाई महिलामैत्री सहर बनाउने साहस
1
SHARES
10
VIEWS

हेटौंडा । हेटौंडा उपमहानगरपालिकालाई महिलामैत्री सहर घोषणा गर्ने प्रक्रिया अघि बढेको छ । यसै क्रममा मंगलबार उपमहानगरपालिकाले सहयोगी दातृ संस्था युएनओपिएससँग सम्झौता गरेको छ ।

नगर प्रमुख मिनाकुमारी लामाले यो कार्य हेटौंडाका महिला तथा दिदीबहिनीका लागि महत्वपूर्ण उपलब्धि भएको बताएकी छिन् । महिलामैत्री सहर घोषणाका लागि सम्झौता गरिरहँदा नगर प्रमुख लामाले आफ्नो व्यक्तिगत सुरक्षा र सामाजिक मानसिकताप्रति गम्भीर चिन्ता व्यक्त गरेकी छिन् ।

ADVERTISEMENT

उनले ‘जेनजी आन्दोलन’ पछि उठेको एक स्थानीय सरोकारको विषयमा धारणा राख्दा आफूलाई ‘मधेश प्रदेशको विरोधी’ को आरोप लगाइएको र त्यस क्रममा फेसबुक तथा ह्वाट्सएप को ‘इनबक्स’ मा बलात्कार गर्ने धम्की का सन्देशहरू लगातार आएको सार्वजनिक गरेकी छिन् ।

उनका अनुसार, सोही विवादका सन्दर्भमा रातको समयमा फोन गरेर ‘भेटेर घटना टुङ्ग्याउने’ जस्ता प्रस्तावहरू समेत आएका थिए । ‘हरेक नगरले पहिले आफ्ना नगरवासीलाई प्राथमिकता दिनुपर्छ’ भन्ने नगर प्रमुख लामाको आफ्नो सामान्य धारणालाई लिएर अनेक किसिमका धम्की र विवादमा पारिएको उल्लेख गर्दै महिलाहरूमाथि हुने हिंसाको चिन्तनप्रति प्रश्न उठाएकी छिन् ।

एक उपमहानगरपालिकाको प्रमुखले नै निरन्तर बलात्कारको धम्की सहनुपर्ने अवस्थाले समाजमा सामान्य नारीहरूको सुरक्षा कस्तो होला भन्ने गम्भीर प्रश्न उठेको लामाले बताएकी छिन् ।

उनले स्पष्ट रूपमा भनेीक छिन्, ‘नेपाली कुनै पनि महिला सुरक्षित छैनन्’ र ‘सज्जन पुरुष’ भनिएकाहरूको अगाडि पनि नेपाली महिला खुलेआम बलात्कृत हुन सक्ने अवस्था रहेको जोखिम बारेमा सतर्क गराएकी छिन् ।

उनले आक्रोशका साथ भनेकी छिन्, ‘एउटी नारी बलात्कृत हुन जन्मिएकी होइन । एउटी नारीको उपयोगिता यौन होइन । एउटी नारीले गरेको गल्तीको सजाय बलात्कार होइन ।’

उनले महिलालाई बलात्कार मात्रै सोच्ने पुरुषहरूलाई आफ्ना आमा, दिदीबहिनी, र छोरीको पनि सम्झना गर्न आग्रह गरेकी छिन् । नगर प्रमुख लामाले महिलामैत्री सहर घोषणा गर्नु ठूलो कुरा नभई नकारात्मक चिन्तनलाई सकारात्मक मा बदल्नु नै प्रमुख चुनौती भएको धारणा राखेकी छिन् ।

सम्झौता कार्यमा सहयोग पुर्‍याउनुहुने युएनओपिएसका कन्ट्री डाइरेक्टर कोमल कार्की, सरोज दाहाल, र सम्पदा थापा लगायत वडा नं.८ का अध्यक्ष राम थापा, वडा ४ का अध्यक्ष नविन सिग्देल लगायत वडा अध्यक्षहरू, प्रमुख प्रशासकीय अधिकृत भरत गौतम, इन्जिनियर बिनित ओझा लगायत नगर कर्मचारी, सरोकारवाला निकायहरू, नगरका प्रबुद्ध व्यक्तिहरू र सञ्चारकर्मीहरूप्रति उने आभार प्रकट गरेकी छिन् ।

Previous Post

बहुविवाह मुद्दामा दोषी ठहर भएका एमाले केन्द्रीय सदस्य पासाङ शेर्पा पक्राउ

Next Post

यातायात व्यवस्था कार्यालय वीरगञ्जबाट लाइसेन्स बाहेकको सेवा सुचारु

ट्रिब्युन न्युज

ट्रिब्युन न्युज

ट्रिब्यून नेपाल प्रा.लि.द्वारा सञ्चालित tribunenewsnp.com डिजिटल पत्रिका मोफसलबाट प्रकाशित एक तथ्य र तथ्यांक सहितको अनलाईन समाचार पोर्टल हो । तथ्यांकमा आधारित रहेर अध्ययन अनुसन्धान सहितको समाचार सम्प्रेषण गर्ने यस अनलाईनमा अध्ययन र अनुसन्धानमा गहिरो दख्खल राख्ने व्यक्तिहरु आवद्ध रहेका छन् । तीन तहकै सरकार सञ्चालनमा आवश्यक स्रोत व्यावस्थापन तथा परिचालनको विषयमा तथ्यांक केलाउनका लागि केन्द्रकै भर पर्नुपर्ने बाध्यतालाई अन्त्य गरी मोफसलबाट पनि तथ्य र तथ्यांक सहितको समाचार दिने हाम्रो ध्येय हो ।

ADVERTISEMENT
Facebook Twitter Youtube
ट्रिब्यून नेपाल प्रा.लि.द्वारा संचालित
tribunenewsnp.com
newsbirgunj.com
Email : tribunenews77@gmail.com
Contact : 9855032829
         9824229089
अध्यक्ष : डा. दिपेन्द्र कुमार चौधरी
सम्पादक : एन.बी. पिठाकोटे
न्युज डेस्क : इश्वर राना मगर

2023 Powered ll Site Designed By Newlife Ranjit Yadav   l  सूचना तथा प्रशारण विभाग दर्ता नं. : २४६४/०७७/०७८   l   प्रेस काउन्सिल दर्ता नं. २८६३

No Result
View All Result
  • स्वास्थ्य
  • बाणिज्य
    • फाईनान्स
    • बैंक
    • वित्तीय संस्था
  • राजनीति
  • विकास
    • जलबिधुत
    • पूर्वाधार
    • सडक
    • बजेट /अर्थतन्त्र
      • संघीय बजेट
      • प्रदेश बजेट
      • स्थानीय बजेट
  • Old Site

2023 Powered ll Site Designed By Newlife Ranjit Yadav   l  सूचना तथा प्रशारण विभाग दर्ता नं. : २४६४/०७७/०७८   l   प्रेस काउन्सिल दर्ता नं. २८६३

Welcome Back!

Login to your account below

Forgotten Password? Sign Up

Create New Account!

Fill the forms below to register

All fields are required. Log In

Retrieve your password

Please enter your username or email address to reset your password.

Log In