वीरगञ्ज। वीरगञ्ज महानगरपालिका वडा नम्बर १७ अलौमा आँखा शिविर सम्पन्न भएको छ । वीरगञ्ज महानगरपालिकाका प्रथम नगर प्रमुख, विजय कुमार सरावगीको पहल र नेकपा (एमाले) वडा कमिटी वीरगञ्ज–१७, अलौको आयोजनामा बुढियामाई मन्दिरको प्राङ्गणमा बृहत् निःशुल्क आँखा जाँच शिविर सम्पन्न भएको हो।
मातृका आई फाउन्डेसनको प्राविधिक सहयोगमा बिहीबार बिहान ९ बजेदेखि सञ्चालन भएको शिविरमा १६० जनाले आँखा परीक्षण गराएका थिए। आँखा जाँच गराएका मध्ये ४४ जना मोतियाबिन्दुका रोगी पहिचान भएका छन्।
मातृका आई फाउन्डेसनले यी मोतियाबिन्दुका रोगीहरूको निःशुल्क शल्यक्रिया कात्तिक १७ गते गर्ने नेकपा एमाले नगर कमिटिका लेखा समिति अध्यक्ष अजय साहले बताए।
आयोजकले मोतियाबिन्दुका रोगीहरूलाई तोकिएको समयमा अस्पतालमा पुगी स्वास्थ्य लाभ लिन अनुरोध गरेको छ। शिविर कार्यक्रममा नेकपा (एमाले) का जिल्ला सदस्य अफजल हुसैन, नगर लेखा समिति अध्यक्ष अजय कुमार साह, वडा कमिटी अध्यक्ष शेख नेसार अहमद,
वडा सदस्य उर्मिला देवी, खुब्बा राम, राजेन्द्र सहनी, सोनालाल सहनी, उमेश कुमार सहनी, विजय कुमार माली लगायतका नेता तथा कार्यकर्ताहरूको उपस्थिति रहेको थियो।
यस प्रकारको स्वास्थ्य शिविरले स्थानीय समुदायलाई ठूलो राहत पुर्याएको र यसलाई निरन्तरता दिईने प्रथम मेयर विजय कुमार सरावगीले बताए ।
