वीरगन्ज । जेनजी आन्दोलनपछि वीरगन्जमा पहिलो पटक सयौं जेनजीहरुको सहभागितामा वीरगन्ज महानगर कमिटि गठन गरेको छ । भदौ २३ गते भएको आन्दोलनमा प्रहरीको गोली लागेर मृत्यु भएका वीरगन्ज महानगरपालिका वडा नम्बर १२ का २२ बर्षीय असाहब आलमका परिवारका सदस्यलाई संयोजक बनाएर जेन्जी महानगर कमिटि गठन गरेको हो ।
मृतक आलमका दाई मुराद आलम ठकुराईको अध्यक्षतामा घाइते सहित महानगरको युवा कमिटी कमिटी गठन गरिएको समन्वय समितिका सदस्य सुधिर पटेलले जानकारी दिए । समितिको सहसंयोजक रियाजूल हक मियाँलाई तोकिएको छ ।
समितिको सल्लाहकारहरुमा रञ्जित श्रीवास्तव, इञ्जिनियर राहुल रौनियार, रोशन श्रेष्ठ, परवेज शेख, अरमान देवान, वशिम शेख र महादेव प्रसाद कुर्मी रहेका छन् ।
त्यस्तै समितिका सदस्यहरुमा जयशंकर यादव, विरेन्द्र कण्ठ, सुधिर पटेल, रंदीप श्रीवास्तव, अमन आलम लगायत रहेका छन् । नेकपा एमालेका अध्यक्ष केपी ओलीको नेतृत्वमा रहेको एमाले कांग्रेस गठबन्धनको सरकारले भ्रष्टाचारलाई संरक्षण गरेको र त्यसको सामाजिक सञ्जालमा व्यापक विरोध भएपछि ओली नेतृत्वको सरकारले सामाजिक सञ्जालहरु नै बन्द गर्ने निर्णय गरेपछि जेन–जी पुस्ताले आन्दोलनको घोषणा गरेका थिए ।
सोही घोषणा अनुसार भदौ २३ गते गरेको जेन–जी आन्दोलनका क्रममा २२ जना युवाहरुले ज्यान गुमाउनु परेको थियो । त्यसपछि देशभर नै । जेन–जी पुस्ताहरुले युवाहरुको नेतृत्वका लागि आवाज उठाईरहेका छन् । जेन–जीको वीरगन्ज महानगरमा पहिलो कमिटि गठन भएको हो ।
