• About
  • Advertise
  • Privacy & Policy
  • Contact
Wednesday, April 29, 2026
  • Login
  • Register
Advertisement
  • गृहपृष्ठ
  • सबै
  • सरकार
    • सङघीय सरकार
    • प्रदेश सरकार
    • स्थानीय सरकार
  • कर
    • सङघीय कर
    • प्रदेश कर
    • स्थानीय कर
  • पेशा/व्यावसाय
    • कृषि
    • पर्यटन
    • पेशा
    • व्यवसाय
  • उद्योग/व्यापार
    • उद्योग
    • व्यापार
  • समाज
    • अपराध
    • इतिहास
    • दुर्घटना
    • सेवा
    • धर्म
    • संस्कृति
    • सुरक्षा
  • शिक्षा /स्वास्थ्य
    • शिक्षा
    • स्वास्थ्य
  • …
    • राजनीति
    • बजेट /अर्थतन्त्र
      • संघीय बजेट
      • प्रदेश बजेट
      • स्थानीय बजेट
    • विकास
      • पूर्वाधार
      • जलबिधुत
      • सडक
      • सेवा प्रवाह गर्ने भवनहरू
    • अन्तरवार्ता
    • विचार
    • बाणिज्य
      • फाईनान्स
      • बैंक
      • वित्तीय संस्था
    • खेलकुद
    • साहित्य/मनोरञ्जन
No Result
View All Result
Tribune
  • गृहपृष्ठ
  • सबै
  • सरकार
    • सङघीय सरकार
    • प्रदेश सरकार
    • स्थानीय सरकार
  • कर
    • सङघीय कर
    • प्रदेश कर
    • स्थानीय कर
  • पेशा/व्यावसाय
    • कृषि
    • पर्यटन
    • पेशा
    • व्यवसाय
  • उद्योग/व्यापार
    • उद्योग
    • व्यापार
  • समाज
    • अपराध
    • इतिहास
    • दुर्घटना
    • सेवा
    • धर्म
    • संस्कृति
    • सुरक्षा
  • शिक्षा /स्वास्थ्य
    • शिक्षा
    • स्वास्थ्य
  • …
    • राजनीति
    • बजेट /अर्थतन्त्र
      • संघीय बजेट
      • प्रदेश बजेट
      • स्थानीय बजेट
    • विकास
      • पूर्वाधार
      • जलबिधुत
      • सडक
      • सेवा प्रवाह गर्ने भवनहरू
    • अन्तरवार्ता
    • विचार
    • बाणिज्य
      • फाईनान्स
      • बैंक
      • वित्तीय संस्था
    • खेलकुद
    • साहित्य/मनोरञ्जन
No Result
View All Result
  • गृहपृष्ठ
  • सबै
  • सरकार
  • कर
  • पेशा/व्यावसाय
  • उद्योग/व्यापार
  • समाज
  • शिक्षा /स्वास्थ्य
  • …

देशको प्रमुख नाका वीरगन्ज भन्सारबाट चारबर्षदेखि लक्ष्य भेट्टाउन सकेन   

ट्रिब्युन न्युज by ट्रिब्युन न्युज
प्रकाशित मिति : २०८२ कार्तिक १३, बिहीबार १०:०४
देशको प्रमुख नाका वीरगन्ज भन्सारबाट चारबर्षदेखि लक्ष्य भेट्टाउन सकेन   
15
SHARES
171
VIEWS

वीरगन्ज । नेपालको प्रमुख प्रवेशद्वार वीरगन्ज भन्सार कार्यालयबाट लगातार चारबर्षदेखि लक्ष्य भेट्टाउन सकेको छैन ।
आयातमुखी अर्थतन्त्र भएको देश नेपालको अर्थतन्त्रको मुख्य मेरुदण्डको रुपमा रहेको भन्सार राजस्व असुली नै कम भएपछि अर्थव्यावस्थामा पनि प्रभाव परेको छ ।

वीरगन्ज भन्सार कार्यालयको तथ्यांक विवरण अनुसार आर्थिक वर्ष २०७९/०८० मा नेपाल सरकारको राजस्व असुली लक्ष्यभन्दा निकै पछाडि रह्यो । लक्ष्यको तुलनामा करिब ४० प्रतिशत कम राजस्व समग्र देशभरबाट संकलन भएको थियो ।

ADVERTISEMENT

सो आर्थिक बर्षमा आयातमा कडा प्रतिबन्धले पनि भन्सार राजस्वमा ठूलो असर परेको हो । राजस्वको प्रमुख स्रोत भन्सार महसुल हो । बाह्य क्षेत्र सन्तुलनमा राख्न र विदेशी मुद्रा सञ्चिति जोगाउन सरकारले २०७८/७९ को अन्त्यतिरबाटै विलासिताका वस्तु र सवारी साधनको आयातमा प्रतिबन्ध लगाएको थियो ।

फलस्वरूप, भन्सार नाकाबाट हुने राजस्व संकलनमा भारी गिरावट आयो । आयात नै नभएपछि भन्सार महसुल, मूल्य अभिवृद्धि कर र अन्तःशुल्कको असुली स्वतः घटेपछि राजस्व संकलनको लक्ष्य पनि हुन नसकेको हो ।

सरकारले बाह्य क्षेत्र जोगाउने नीतिको रूपमा यसलाई बचाउ गरे पनि, राजस्व लक्ष्य तय गर्दा यस्तो नीतिको प्रभावको सही आकलन गर्न नसक्नु प्रमुख कमजोरी बनेको अर्थशास्त्रका जानकारहरु बताउछन् ।

कोरोना महामारीपछि थलिएको अर्थतन्त्रलाई जोगाउन राष्ट्रबैंकले पुर्नकर्जा निर्देशिकामा पनि कडाई गरेपछि आयात निर्यात नहुँदा भन्सार राजस्व संकलन प्रभावित भयो ।

त्यहिबेला कर्जा संकट र उच्च ब्याजदर आर्थिक गतिविधि सुस्त भएका कारणले बैंक तथा वित्तीय संस्थाहरूमा लामो समयसम्म तरलता अभाव रह्यो । यसले ब्याजदर उच्च हुनगाई निजी क्षेत्रको लगानी निरुत्साहित ग(यो।

उत्पादन, निर्माण, र थोक तथा खुद्रा व्यापारजस्ता महत्वपूर्ण क्षेत्रहरूको वृद्धिदर ऋणात्मक हुदै गयो । भन्सार कार्यालयको तथ्यांक अनुसार सबैभन्दा कमजोर आर्थिक वर्ष २०७९/०८० मा राजस्व असुली लक्ष्यको जम्मा ६०.१९ प्रतिशत मात्र पुगेको देखिन्छ ।

यो चार आर्थिक वर्षमध्ये सबैभन्दा कम राजस्व संकलन हो । आर्थिक वर्ष २०८१/०८२ मा भने असुली प्रतिशतमा उल्लेख्य सुधार आएको छ । उक्त आर्थिक वर्ष लक्ष्यको ८०.९० प्रतिशत राजस्व संकलन भएको देखिएको छ ।

अन्य दुई पूर्ण आर्थिक वर्षको तुलनामा आर्थिक वर्ष २०८१/०८२ संतोषजनक देखिएको छ । सरकारले आ।व। २०७९/०८० को तुलनामा २०८०/०८१ मा लक्ष्य घटाएको थियो ।

तर फेरि २०८१र०८२ मा लक्ष्य बढाएपनि दुई आर्थिक बर्षको राजस्व संकलन भन्दा सुधारोन्मुख देखियो । त्यस्तै आगामी आ.व. २०८२/०८३ को लक्ष्य पनि अघिल्लो वर्षभन्दा थोरै कम छ । चालू आर्थिकको पहिलो त्रैमासमा मासिक लक्ष्यको नजिक पुगेको छ ।

चालू आर्थिक बर्ष ०८२/८३ को साउन महिनामा वीरगन्ज भन्सार कार्यालयले ८८ प्रतिशत भन्सार राजस्व संकलन गरेको छ । भदौ महिनामा ९४ प्रतिशत र असोज महिनामा ८४ प्रतिशत राजस्व संकलन गरेको छ ।

भदौ महिना भन्दा असोज महिना आयात निर्यातको दृष्टिकोणले बढी राजस्व संकलन हुनुपर्ने भएपनि भदौमा भन्दा असोजमा राजस्व संकलन झन घटेको छ ।

भदौ महिनामा वीरगन्ज भन्सार कार्यालयको राजस्व घट्नमा अबिरल बर्षा र बाढी पहिरो तथा जेन–जी आन्दोलन मुख्य कारण भएको प्रमुख भन्सार प्रशासक विष्णु प्रसाद ज्ञवाली बताउछन् ।

उनले भने, ‘वीरगन्ज भन्सारको मुख्य राजस्व भनेको पेट्रोलियम पदार्थ रहेछ । भदौमा आएको अबिरल बर्षा र बाढी पहिरोले एकहप्तासम्म गाडी नचलेर इन्धन आयात भएन । यसले राजस्व संकलनमा नकारात्मक प्रभाव पा(यो ।’

प्रमुख भन्सार प्रशासक ज्ञवालीका अनुसार पेट्रालियम पदार्थ मात्रै आयात नहुँदा झण्डै १ अर्ब २५ करोड बराबरको राजस्व वीरगन्ज भन्सार कार्यालय गुमाएको छ ।

बढी पहिरो र डुबानपछि जेन–जीको आन्दोलनले गर्दा पनि भन्सार राजस्व संकलनमा नकारात्मक प्रभाव पारेको प्रमुख प्रशासक ज्ञवालीले बताए । उनले कारोबारकर्मीसँग भने, ’बाढी पहिरोले गर्दा उद्योगी व्यावसायीहरुले पनि सामान आयात गरेनन् ।

त्यस लगत्तै फेरी जेन–जी आन्दोलन भयो । यसले सरकारी कर्मचारीहरुको मनोवल पनि कमजोर बनायो । उद्योगी व्यावसायीहरुले सामान आयात नगर्दा राजस्व संकलन कम भयो । यसले हामीलाई पनि चिन्तित बनाएको छ ।’

व्यापार व्यावसायको हिसाबले असोज र कार्तिक महिना चाडपर्वको महिना भएको र उपभोग्य वस्तुहरुको खपत पनि बढी हुने भएकोले यो महिनामा आयातको परिमाण स्वभाविक रुपमा बढी हुनुपर्ने र राजस्व संकलन पनि बढी हुनुपर्नेमा त्यस्तो देखिएको छैन ।

देशको जटिल परिस्थिति र अर्थतन्त्रमा देखिएको सुस्तता, आयातमा आएको कमी र अपेक्षित आर्थिक वृद्धि हासिल हुन नसक्दा राजस्व संकलनमा लगातार चुनौतीहरू देखिएका छन् ।

विज्ञहरूका अनुसार, यसले सरकारको दैनिक खर्च र पूँजीगत खर्चमा समेत असर पार्न सक्छ । यद्यपि आन्दोलपनपछि अर्थमन्त्री रामेश्वर खनाल अर्थतन्त्र बुझेका व्यक्ति भएकोले देशको अर्थतन्त्र सन्तुलनमा ल्याउनेमा निजीक्षेत्र पनि आशावादी छन् ।

Previous Post

संसद पुर्नस्थापना सहितको रिट निवेदनमा अन्तरिम आदेश जारी गर्न सवोच्चद्वारा अस्वीकार

Next Post

गृहमन्त्री अर्याललाई हटाउन बालेन्द्र शाहले दबाब दिएको खबरको प्रधानमन्त्रीको सचिवालयद्वारा खण्डन

ट्रिब्युन न्युज

ट्रिब्युन न्युज

ट्रिब्यून नेपाल प्रा.लि.द्वारा सञ्चालित tribunenewsnp.com डिजिटल पत्रिका मोफसलबाट प्रकाशित एक तथ्य र तथ्यांक सहितको अनलाईन समाचार पोर्टल हो । तथ्यांकमा आधारित रहेर अध्ययन अनुसन्धान सहितको समाचार सम्प्रेषण गर्ने यस अनलाईनमा अध्ययन र अनुसन्धानमा गहिरो दख्खल राख्ने व्यक्तिहरु आवद्ध रहेका छन् । तीन तहकै सरकार सञ्चालनमा आवश्यक स्रोत व्यावस्थापन तथा परिचालनको विषयमा तथ्यांक केलाउनका लागि केन्द्रकै भर पर्नुपर्ने बाध्यतालाई अन्त्य गरी मोफसलबाट पनि तथ्य र तथ्यांक सहितको समाचार दिने हाम्रो ध्येय हो ।

ADVERTISEMENT
Facebook Twitter Youtube
ट्रिब्यून नेपाल प्रा.लि.द्वारा संचालित
tribunenewsnp.com
newsbirgunj.com
Email : tribunenews77@gmail.com
Contact : 9855032829
         9824229089
अध्यक्ष : डा. दिपेन्द्र कुमार चौधरी
सम्पादक : एन.बी. पिठाकोटे
न्युज डेस्क : इश्वर राना मगर

2023 Powered ll Site Designed By Newlife Ranjit Yadav   l  सूचना तथा प्रशारण विभाग दर्ता नं. : २४६४/०७७/०७८   l   प्रेस काउन्सिल दर्ता नं. २८६३

No Result
View All Result
  • स्वास्थ्य
  • बाणिज्य
    • फाईनान्स
    • बैंक
    • वित्तीय संस्था
  • राजनीति
  • विकास
    • जलबिधुत
    • पूर्वाधार
    • सडक
    • बजेट /अर्थतन्त्र
      • संघीय बजेट
      • प्रदेश बजेट
      • स्थानीय बजेट
  • Old Site

2023 Powered ll Site Designed By Newlife Ranjit Yadav   l  सूचना तथा प्रशारण विभाग दर्ता नं. : २४६४/०७७/०७८   l   प्रेस काउन्सिल दर्ता नं. २८६३

Welcome Back!

Login to your account below

Forgotten Password? Sign Up

Create New Account!

Fill the forms below to register

All fields are required. Log In

Retrieve your password

Please enter your username or email address to reset your password.

Log In