कोल्हबी । कोल्हबी नगर उद्योग वाणिज्य संघका नवनिर्वाचित पदाधिकारीहरूले कोल्हबीको आर्थिक विकास र व्यवसायीहरूको हितमा काम गर्ने प्रतिबद्धता जनाएका छन्।
संघको भर्खरै सम्पन्न निर्वाचनबाट निर्वाचित नयाँ कार्यसमितिलाई हार्दिक बधाई तथा सफल कार्यकालको शुभकामनाका लागि आयोजना गरिएको कार्यक्रममा नवनिर्वाचित अध्यक्ष राम प्रसाद प्रसाईंले कोल्हबीको समग्र आर्थिक विकासका लागि काम गर्ने र स्थानीय व्यवसायीका समस्या समाधान गर्न सक्रिय रहने बताए।
कार्यसमितिका अन्य पदाधिकारीहरूले पनि आ–आफ्नो जिम्मेवारीमा रहेर विशेष योगदान पुर्याउने योजना सुनाएका छन्। उपाध्यक्ष ९वाणिज्य० प्रेम नारायण चौधरीले व्यापारिक वातावरणलाई थप सहज र सुदृढ बनाउनेमा जोड दिएका छन्, भने उपाध्यक्ष (उद्योग) बिनोद साहले स्थानीय उद्योगहरूको प्रवर्द्धन र संरक्षणमा सक्रिय रहने अठोट व्यक्त गरेका छन्।
त्यस्तै, महासचिव हरि ॐ साह रौनियारले व्यवसायी र स्थानीय समुदायबीचको सम्बन्धलाई थप मजबुत बनाउन समन्वयकारी भूमिका खेल्ने योजना रहेको जानकारी दिए।
कोषाध्यक्ष प्रेमा कुमारी चौधरीले संघको आर्थिक व्यवस्थापनलाई पूर्ण रूपमा पारदर्शी बनाउने प्रतिबद्धता जनाएकी छन् भने सचिव बिरेन्द्र प्रसाद गुप्ताले प्रशासनिक कार्यलाई चुस्त र प्रभावकारी बनाउने बताएका छन्।
नवनिर्वाचित कार्यसमितिका सदस्यहरू शुभास मैनाली, मनिस रौनियार, मिना केसी, र सुमिन्त्रा चौधरी मैनालीले पनि स्थानीय व्यवसायीहरूको हकहित र समग्र समृद्धिका लागि सामूहिक प्रयास गर्ने वाचा गरेका छन्।