काठमाडौं । निराशा, भय र अन्धकारले समाजलाई घेरेको यस समयमा ईस्टर्न रिसर्च ईन्स्च्यिुट अफ पोजिटिभ साईन्सले (ईरिप्स) ले आशा, खुशी र रुपान्तरणको नयाँ बाटो देखाउने विशेष अवसर लिएर आएकोछ । असोज ६ देखि ८ गतेसम्म राजधानी काठमाडौंमा (ईरिप्स)ले आयोजना गर्न लागेको “एप्रिसिएटिभ लिडरशिप ट्रेनिङ्ग फर हिलिङ्ग, ह्याप्पिनेस एण्ड रिडिजाइनिङ्ग द फ्युचर” सहभागीहरूका अन्तरनिहित क्षमताहरुलाई प्रष्फुटन गराएर, अन्तरसंस्करणदेखी नैउत्प्रेरित गर्दैखुशीेका कारणहरु खोजेर नेतृत्व गर्ने शक्ति दिने ऐतिहासिक कार्यक्रम भएको जनाएको छ । यो मात्र एउटा तालिम मात्र होइन । यो त भोलिको भविष्यलाई नयाँ दृष्टिकोणबाट लेख्ने सामूहिक मार्गचित्र निर्माणको यात्रा भएको ईरिप्सका प्रमुख कार्यकारी अधिकृत डा.आरसी लामिछानले बताए ।
यस कार्यक्रमलाई अमेरीकाको केस वेस्टर्न रिजर्भ युनिभर्सिटीबाट प्रमाणित एप्रिसिएटिभ इन्क्वायरी ट्रेनर डा. आर सी लामिछानेको टिमले सहजीकरण गर्नेछ । डा. लामिछानेले चीन, फिलिपिन्स, कोरिया, मलेसिया, दक्षिण अफ्रिका, भारत, श्रीलंका, बंगलादेश लगायत विश्वका थुप्रै देशहरूका हजारौँ सहभागीहरुका लागि उत्प्रेरणामुलक प्रस्तुती तथा प्रशिक्षण दिइसकेका छन्। नेपालमा उनले मन्त्रि, सचिव, संसद, नगरप्रमुख, महिला नेतृ, शिक्षक, सरकारी अधिकृतदेखि समुदायका अगुवासम्मलाई सम्भावनाको शक्तिबारे जागृत गराएका छन्। उनको स्थानिय, राष्टिय तथा अन्तर्राष्ट्रिय अनुभव र प्रभाव तथा सहजीकरण टिमका सदस्यहरुको विज्ञताले यो तालिमलाई अझै जीवन्त र विशेष बनाउनेछ ।
कार्यक्रममा सहभागी हुनेहरूले स्टोरीटेलिङ्ग सर्कल, ड्रिम–वाल एक्सरसाइज, रोल–प्ले फर पोजिटिभ कम्युनिकेशन जस्ता अनौठा तर अत्यन्तै प्रभावकारी अभ्यासमार्फत आफ्ना कथा साझा गर्नेछन्, सामूहिक सपना कोर्नेछन् र भविष्यको नेतृत्वका लागि सहकार्य गर्नेछन् । कार्यक्रममा समस्या होइन, सम्भावना देखाइनेछ; निराशा होइन, खुशीको उर्जा खोजिने जनाएको छ । आयोजकहरूको भनाइ अनुसार “यो तालिमबाट फर्किएपछि प्रत्येक सहभागी व्यक्तित्वगत रूपमा मात्र नभई, संस्थागत र सामाजिक रूपमा पनि रुपान्तरणको बीउ लिएर घर फर्किनेछन र आफना्े नीजि जीवन, परिवार र संस्थामा सकारात्मक रुपान्तरणको बीउ रोप्नेछन ।
ईरिप्सका विगतका तालिमहरुले व्यक्तिगत जीवन र संस्थागत जीवनमा सकारात्मक रुपान्तरण गर्न निकै महत्वपुर्ण भुमिका खेलेको कुरा विगतका सहभागीहरुले सगौरव व्यक्त गर्दछन । यदि तपाईं आफ्नो भित्री क्षमता उजागर गर्दै, समाजलाई उत्प्रेरित गर्न सक्ने नेतृत्व शैलीको बिकास गर्न चाहनुहुन्छ भने यो प्रशिक्षण तपाईंका लागि बरदान हुन सक्दछ । असोज ६ देखि ८ गतेसम्म काठमाडौंमा हुने यो सुवर्ण अवसर सदुपयोग गरेर जीवन रुपान्तरण गर्न चाहनेहरुलाई ईरिप्सले निमन्त्रणा गरेको छ । सबै मिलेर आशा, खुशी र भविष्य पुनःडिजाइन गर्ने सामूहिक यात्रामा हातेमालो गर्न पनि आग्रह गरेको छ ।