काठमाडौं । नागरिक उन्मुक्ति पार्टीका संरक्षक रेशमलाल चौधरीले पार्टी परित्याग गरेका छन्। उनले अब नागरिक उन्मुक्ति नेपाल पार्टी नामक नयाँ राजनीतिक दल गठन गरी अगाडि बढ्ने घोषणा गरेका छन्।
सामाजिक सञ्जालमार्फत चौधरीले पार्टी छाडेको जानकारी दिँदै, आफ्ना समर्थक र पार्टी पंक्तिलाई नयाँ पार्टीमा जोडिन आह्वान गरेका छन्। पछिल्लो समय चौधरी र पार्टी अध्यक्ष रञ्जिता श्रेष्ठबीच पार्टीको नेतृत्व र आधिकारिकता सम्बन्धी विषयमा गहिरो विवाद चलिरहेको थियो।
नयाँ पुस्ताको आकांक्षा र भावना समेटेर अघि बढ्ने प्रतिबद्धता व्यक्त गर्दै चौधरीले छिट्टै नयाँ पार्टीको औपचारिक बैठक आह्वान गर्ने र विस्तृत जानकारी सार्वजनिक गर्ने बताएका छन्।
