• About
  • Advertise
  • Privacy & Policy
  • Contact
Wednesday, April 29, 2026
  • Login
  • Register
Advertisement
  • गृहपृष्ठ
  • सबै
  • सरकार
    • सङघीय सरकार
    • प्रदेश सरकार
    • स्थानीय सरकार
  • कर
    • सङघीय कर
    • प्रदेश कर
    • स्थानीय कर
  • पेशा/व्यावसाय
    • कृषि
    • पर्यटन
    • पेशा
    • व्यवसाय
  • उद्योग/व्यापार
    • उद्योग
    • व्यापार
  • समाज
    • अपराध
    • इतिहास
    • दुर्घटना
    • सेवा
    • धर्म
    • संस्कृति
    • सुरक्षा
  • शिक्षा /स्वास्थ्य
    • शिक्षा
    • स्वास्थ्य
  • …
    • राजनीति
    • बजेट /अर्थतन्त्र
      • संघीय बजेट
      • प्रदेश बजेट
      • स्थानीय बजेट
    • विकास
      • पूर्वाधार
      • जलबिधुत
      • सडक
      • सेवा प्रवाह गर्ने भवनहरू
    • अन्तरवार्ता
    • विचार
    • बाणिज्य
      • फाईनान्स
      • बैंक
      • वित्तीय संस्था
    • खेलकुद
    • साहित्य/मनोरञ्जन
No Result
View All Result
Tribune
  • गृहपृष्ठ
  • सबै
  • सरकार
    • सङघीय सरकार
    • प्रदेश सरकार
    • स्थानीय सरकार
  • कर
    • सङघीय कर
    • प्रदेश कर
    • स्थानीय कर
  • पेशा/व्यावसाय
    • कृषि
    • पर्यटन
    • पेशा
    • व्यवसाय
  • उद्योग/व्यापार
    • उद्योग
    • व्यापार
  • समाज
    • अपराध
    • इतिहास
    • दुर्घटना
    • सेवा
    • धर्म
    • संस्कृति
    • सुरक्षा
  • शिक्षा /स्वास्थ्य
    • शिक्षा
    • स्वास्थ्य
  • …
    • राजनीति
    • बजेट /अर्थतन्त्र
      • संघीय बजेट
      • प्रदेश बजेट
      • स्थानीय बजेट
    • विकास
      • पूर्वाधार
      • जलबिधुत
      • सडक
      • सेवा प्रवाह गर्ने भवनहरू
    • अन्तरवार्ता
    • विचार
    • बाणिज्य
      • फाईनान्स
      • बैंक
      • वित्तीय संस्था
    • खेलकुद
    • साहित्य/मनोरञ्जन
No Result
View All Result
  • गृहपृष्ठ
  • सबै
  • सरकार
  • कर
  • पेशा/व्यावसाय
  • उद्योग/व्यापार
  • समाज
  • शिक्षा /स्वास्थ्य
  • …

राज्यको दोहोरो नीतिले स्वदेशी उद्योगहरु धरासायी

ट्रिब्युन न्युज by ट्रिब्युन न्युज
प्रकाशित मिति : २०८२ भाद्र २९, आईतवार ०८:५८
राज्यको दोहोरो नीतिले स्वदेशी उद्योगहरु धरासायी
2
SHARES
19
VIEWS

वीरगन्ज । ३० बर्ष आफ्नो जीवन स्टेशनरी व्यावसायमै बिताएका वीरगन्जका मनोज मरोदियाले वीरगन्ज पथलैया औद्योगिक करिडोरको परवानीपुरमा स्वदेशमै कलम (डटपेन) उत्पादन गर्ने उद्देश्यका साथ विनासति पेपर एण्ड स्टेशनरी उद्योगको स्थापना गरे ।

उद्योग स्थापनापछि कलम उत्पादनका लागि आवश्यक कच्चा पदार्थ आयातमा भन्सारमा नीतिगत समस्या भयो । कलम उत्पादन गर्न आवश्यक कच्चा पदार्थ र आयातित तयारी वस्तुको भन्सार महशुल दरमा थोरै मात्रै फरकले गर्दा स्वेदशमा कच्चा पदार्थ आयात गरेर उत्पादन गरी बिक्री गर्न निकै चुनौती थियो ।

ADVERTISEMENT

तरपनि उनले स्वदेशमा कलम लगायत स्टेशनरी सामानहरुको बजार अध्ययन गर्दा राम्रो भविष्य देखेर कलम उद्योगमा करोडौं लगानी गरे । उद्योगबाट उत्पादन भएको कलम बजारमा पुग्न नपाउँदै उनलाई राज्यको निकायबाटै त्रसित बनायो । उद्योगमा गरेको लगानीको स्रोत देखाउन राज्यका निकाय पिठ्युँ पछाडि लागि प-यो ।

कुनैपनि व्यावसायीले गर्ने लगानी बैंकहरुकै हुन्छ भन्ने सामान्य बुझाई भन्दा फरक तरिकाले उद्योगी व्यावसायीलाई त्रसित बनाएर कर तथा जरिवाना असुल्ने धेयले राज्यको निकाय लागेपछि उनको उद्योग पनि अहिले धरासायी बनेको छ ।

एकातिर राज्यका निकायको आतंक अर्कोतिर खुला सीमाका कारण भारतीय बजारबाट तस्करीको माध्यमबाट भित्रिने सस्तो सामानले नेपालको बजारमा साम्राज्य जमाएका कारण स्वदेशी उद्योगबाट उत्पादित वस्तुले बजार नपाउँदा उद्योगी व्यावसायीहरु समस्यामा छन् ।

अहिले भारतमा लाग्ने गरेको वस्तु तथा सेवा कर (जीएसटी)को स्लाप फेरी परिवर्तन गरेर कम गरेकोले पनि थप अवैध कारोबार बढ्ने चिन्ता व्यावसायीहरुलाई छ । राज्य विरुद्ध बोल्न उनीहरु सक्दैनन् । राज्य विरुद्ध केही बोल्दा भोली कुनै न कुनै त्रुटी देखाएर कानूनी झमेलामा अल्झाउने डरले उनीहरु भयभीत छन् ।

त्यसैगरी वैश्वीक महामारीको रुपमा फैलिएको कोरोना महामारीको बेलामा सेनीटाईजरको बजार फस्टाएको बेला व्यावसायी हृदयराज गौतमले रिद्धीसिद्धी कस्म्युसिटकल्स प्रालि दर्ता गराएर बागमती प्रदेशको हेटौडामा उद्योग स्थापना गरे । उनले उद्योगबाट सेनिटाईजर उत्पादन गर्न शुरु गरेका थिए ।

लामो समय औषधि उद्योगमा काम गरेको अनुभवको आधारमा विभिन्न अध्ययन अनुसन्धान र विज्ञहरुसँगको परामर्शमा नै गौतमले पनि यसको बजार आँकलन गरेर सेनिटाईजर उत्पादन शुरु गर्ने सोच बनाएर राज्यको निकायहरुबाट आवश्यक प्रकृया पूरा गरेर उत्पादन शुरु गरेका थिए ।

तर, उनले शुरु गरेको व्यावसायमा राज्यको आँखा लाग्यो । सेनीटाईजर उत्पादनको बिक्री पनि शुरु नभई उनको उद्योगमा औषधि व्यावस्था विभागका कर्मचारीले छापामारी ग¥यो । भारतमा प्रधानमन्त्री नरेन्द्र मोदीले कोरोना महामारीमा जति सक्दो सेनिटाईजर उत्पादन गर्न प्रोत्साहित गर्दै उत्पादित सबै सेनीटाईजर सरकारले लिने घोषणा गरेका थिए । कोरोना महामारीमा सेनिटाईजर अत्यन्तै उपयोगी र अतिआवश्यक वस्तु बन्यो ।

तर, नेपालमा भने उत्पादन शुरु गरेर महामारी नियन्त्रणमा योगदान पु¥याउने साना व्यावसायीहरु राज्यको निशानामा परे । ठूला व्यावसायीहरु बिचौलियाको रुपमा सरकारको साझेदार बने । औषधि व्यावस्था विभागको हस्तक्षेपका कारणले उनले त्यो व्यावसाय नै बन्द गरे । वीरगन्ज पथलैया औद्योगिक करिडोरमा स्थापना भएको स्वदेशी सलाईको काँटी उत्पादन गर्ने मारुती म्याच फ्याक्ट्री बन्द भएको झण्डै दुईबर्ष पुग्न लाग्यो ।

नेपालमा काठको काँटी भएको सलाई उत्पादन गर्ने स्वदेशी उद्योग आयातित तयारी सलाईसँग बजारमा प्रतिस्पर्धा गर्न नसक्दा बन्द गर्नु परेको उद्योगका सञ्चालक दीपेश अग्रवाल बताउछन् । नेपालमा सलाईको काँटी उत्पादन गर्न आवश्यक कच्चा काठ प्रशस्तै छन् । तर, त्यसको प्रयोग सहज छैन ।

अनेक बाधा अड्चनहरु झेल्नुपर्छ । भारतबाट कच्चा पदार्थ आयात गर्दा पनि तयारी सलाईको काँटी र नेपालमा उत्पादन गर्ने सलाईको काँटीको कच्चा पदार्थको भन्सार महसुल बाराबर हुने भएपछि बजारमा प्रतिस्पर्धा गर्न नसकेर उत्पादन नै बन्द गर्नु परेको छ । अहिले मारुती म्याच उद्योग बन्द छ ।

माथिका यी तीनवटा उद्योगका समस्या प्रतिनिधि उदारहण मात्रै हुन् । राज्यले स्वदेशी सामान उत्पादन गर्ने उद्योगहरुलाई प्रोत्साहन हुने आवश्यक नीति अंगिकार नगर्दा यस्ता थुप्रै स्वदेशी उद्योगहरु धरासायी बनेका छन् । देशभर यस्ता उद्योगहरु अनगिन्ती छन् । उद्योगमैत्री वावतावरण नहुँदा अन्य धेरै बहुराष्ट्रिय कम्पनीहरु पनि पलायन भएका छन् ।

सरकारले उद्योग व्यावासय सञ्चालन गर्नेहरुलाई अपराधीलाई जस्तो व्यवहार गर्ने र सम्बन्धित निकायका कर्मचारीहरुमा समेत व्यावसायमैत्री व्यवहार नहुँदा यस्तो समस्या भएको उद्योगी व्यावसायीहरु बताउछन् । स्वदेशी उत्पादन बढाउने राज्यको नीति भन्ने तर स्वदेशी वस्तु उत्पादन गर्ने उद्योगहरुलाई भने प्रोत्साहन नगर्ने उल्टै विभिन्न बहानामा हतोत्साहित पार्ने काम गरेको उद्योगी व्यावसायीहरुको गुनासो छ ।

कतिपय उद्योग व्यावसायहरु राज्यका अनावश्यक कर, दण्डजरिवाना र अनियन्त्रित तस्करीले पनि बन्द भएका छन् । वीरगन्जका उद्योगी व्यावसायीहरुले अनौपचारिक व्यापारलाई निष्तेज पार्न बारम्बार आग्रह गर्दै आएका छन् । उनीहरुले संस्थागत रुपमा र व्यक्तिगत रुपमा पनि खुला सीमाबाट हुने अवैध कारोबारलाई नियन्त्रण गर्न भन्सार दरबन्दी र भन्सार महशुल तथा करका नीति र ऐन कानूनहरुलाई समय सापेक्ष परिवर्तन गर्न आग्रह र सुझाब दिदै आएका छन् । तर, उनीहरुको माग र सुझाव राज्यले सुनेको छैन ।

नेपाल उद्योग वाणिज्य महासंघका मधेस प्रदेश अध्यक्ष अशोक टेमानीले नेपाल भारतको १७०० किलोमिटर खुला सीमानामा सयौं अवैध रुपमा सामान ओसार पसार गर्ने तस्कर समूहहरु सक्रिय रहेको र उनीहरुले दैनिक अवैध रुपमा सामान ओसार पसार गरेर नेपालको व्यावसाय र राजस्वलाई प्रभावित पारिरहेको दावी गर्छन् ।

वीरगन्ज उद्योग वाणिज्य संघका अध्यक्ष हरि गौतमले पनि देशमा भ्रष्टाचार नियन्त्रण हुन नसक्नु, उद्योगी व्यावसायीहरुलाई सधै अपराधी जस्तो देख्नु र राज्यले लिने आर्थिक नीतिकै कारणले पनि अवैध व्यापार फस्टाउनुका साथै स्वदेशी उद्योगहरु धरासायी बनाएको बताउछन् ।

Previous Post

वीरगन्जमा राति ९ बजेदेखि कर्फ्यु आदेश जारी

Next Post

रेशमलाल चौधरीले नागरिक उन्मुक्ति पार्टी छोडे

ट्रिब्युन न्युज

ट्रिब्युन न्युज

ट्रिब्यून नेपाल प्रा.लि.द्वारा सञ्चालित tribunenewsnp.com डिजिटल पत्रिका मोफसलबाट प्रकाशित एक तथ्य र तथ्यांक सहितको अनलाईन समाचार पोर्टल हो । तथ्यांकमा आधारित रहेर अध्ययन अनुसन्धान सहितको समाचार सम्प्रेषण गर्ने यस अनलाईनमा अध्ययन र अनुसन्धानमा गहिरो दख्खल राख्ने व्यक्तिहरु आवद्ध रहेका छन् । तीन तहकै सरकार सञ्चालनमा आवश्यक स्रोत व्यावस्थापन तथा परिचालनको विषयमा तथ्यांक केलाउनका लागि केन्द्रकै भर पर्नुपर्ने बाध्यतालाई अन्त्य गरी मोफसलबाट पनि तथ्य र तथ्यांक सहितको समाचार दिने हाम्रो ध्येय हो ।

ADVERTISEMENT
Facebook Twitter Youtube
ट्रिब्यून नेपाल प्रा.लि.द्वारा संचालित
tribunenewsnp.com
newsbirgunj.com
Email : tribunenews77@gmail.com
Contact : 9855032829
         9824229089
अध्यक्ष : डा. दिपेन्द्र कुमार चौधरी
सम्पादक : एन.बी. पिठाकोटे
न्युज डेस्क : इश्वर राना मगर

2023 Powered ll Site Designed By Newlife Ranjit Yadav   l  सूचना तथा प्रशारण विभाग दर्ता नं. : २४६४/०७७/०७८   l   प्रेस काउन्सिल दर्ता नं. २८६३

No Result
View All Result
  • स्वास्थ्य
  • बाणिज्य
    • फाईनान्स
    • बैंक
    • वित्तीय संस्था
  • राजनीति
  • विकास
    • जलबिधुत
    • पूर्वाधार
    • सडक
    • बजेट /अर्थतन्त्र
      • संघीय बजेट
      • प्रदेश बजेट
      • स्थानीय बजेट
  • Old Site

2023 Powered ll Site Designed By Newlife Ranjit Yadav   l  सूचना तथा प्रशारण विभाग दर्ता नं. : २४६४/०७७/०७८   l   प्रेस काउन्सिल दर्ता नं. २८६३

Welcome Back!

Login to your account below

Forgotten Password? Sign Up

Create New Account!

Fill the forms below to register

All fields are required. Log In

Retrieve your password

Please enter your username or email address to reset your password.

Log In