काठमाडौँ । नेकपा एमालेका बरिष्ठ उपाध्यक्ष इश्वर पोखरेललाई पार्टीको कार्यवाहक अध्यक्षको जिम्मेवारी तोकिएको छ । नेकपा (एमाले) का अध्यक्ष तथा प्रधानमन्त्री केपी शर्मा ओली भूपरिवेष्ठित विकासशील राष्ट्रहरूको (एलएलडीसी) सम्मेलनमा सहभागी हुन तुर्कमेनिस्तान प्रस्थान गरेपछि पोखरेललाई उक्त जिम्मेवारी दिइएको हो।
उनलाई एमाले अध्यक्ष ओलीले कार्यवाहक अध्यक्षको जिम्मेवारी तोकेका हुन् । एमालेको प्रचार विभाग प्रमुख राजेन्द्र गौतमका अनुसार, एमालेको विधान २०४९ (संशोधन २०७८) को धारा २१ को उपधारा (२) बमोजिम अध्यक्षको अनुपस्थितिमा वरिष्ठ उपाध्यक्षले अध्यक्षको काम गर्ने व्यवस्थाअनुसार यो जिम्मेवारी प्रदान गरिएको हो।
प्रधानमन्त्री ओली आगामी साउन २३ गते शुक्रबार स्वदेश फर्कने कार्यक्रम रहेको छ।

