वीरगन्ज । वीरगन्जको आदर्शनगर स्थित गुप्ता मार्केटमा रहेको मोबाईल पसलमा ब्याट्री पड्किएको छ । आदर्शनगर चोकमा रहेको गुप्ता मार्केट भित्र रहेको निशी मोबाईल पसलमा टाटाको एक्साईड ब्याट्रीपड्किएको प्रत्यक्षदर्शीले बताएका छन् ।
ब्याट्री पड्किएपनि आगो भने नलागेकोले क्षति भने हुन पाएन । मोबाईल पसलमा इन्भर्टरको ब्याट्री पड्किएको र मार्केटका सटरहरु खुला भएकोले हावा पास हुन पाएर क्षति हुनबाट बचेको स्थानीयको भनाई छ ।
पसल धनीको नाम भने खुलेको छैन । घटनाको विषयमा प्रहरीलाई पनि खबर गरेको छैन ।