• About
  • Advertise
  • Privacy & Policy
  • Contact
Tuesday, September 29, 2026
  • Login
  • Register
Advertisement
  • गृहपृष्ठ
  • सबै
  • सरकार
    • सङघीय सरकार
    • प्रदेश सरकार
    • स्थानीय सरकार
  • कर
    • सङघीय कर
    • प्रदेश कर
    • स्थानीय कर
  • पेशा/व्यावसाय
    • कृषि
    • पर्यटन
    • पेशा
    • व्यवसाय
  • उद्योग/व्यापार
    • उद्योग
    • व्यापार
  • समाज
    • अपराध
    • इतिहास
    • दुर्घटना
    • सेवा
    • धर्म
    • संस्कृति
    • सुरक्षा
  • शिक्षा /स्वास्थ्य
    • शिक्षा
    • स्वास्थ्य
  • …
    • राजनीति
    • बजेट /अर्थतन्त्र
      • संघीय बजेट
      • प्रदेश बजेट
      • स्थानीय बजेट
    • विकास
      • पूर्वाधार
      • जलबिधुत
      • सडक
      • सेवा प्रवाह गर्ने भवनहरू
    • अन्तरवार्ता
    • विचार
    • बाणिज्य
      • फाईनान्स
      • बैंक
      • वित्तीय संस्था
    • खेलकुद
    • साहित्य/मनोरञ्जन
No Result
View All Result
Tribune
  • गृहपृष्ठ
  • सबै
  • सरकार
    • सङघीय सरकार
    • प्रदेश सरकार
    • स्थानीय सरकार
  • कर
    • सङघीय कर
    • प्रदेश कर
    • स्थानीय कर
  • पेशा/व्यावसाय
    • कृषि
    • पर्यटन
    • पेशा
    • व्यवसाय
  • उद्योग/व्यापार
    • उद्योग
    • व्यापार
  • समाज
    • अपराध
    • इतिहास
    • दुर्घटना
    • सेवा
    • धर्म
    • संस्कृति
    • सुरक्षा
  • शिक्षा /स्वास्थ्य
    • शिक्षा
    • स्वास्थ्य
  • …
    • राजनीति
    • बजेट /अर्थतन्त्र
      • संघीय बजेट
      • प्रदेश बजेट
      • स्थानीय बजेट
    • विकास
      • पूर्वाधार
      • जलबिधुत
      • सडक
      • सेवा प्रवाह गर्ने भवनहरू
    • अन्तरवार्ता
    • विचार
    • बाणिज्य
      • फाईनान्स
      • बैंक
      • वित्तीय संस्था
    • खेलकुद
    • साहित्य/मनोरञ्जन
No Result
View All Result
  • गृहपृष्ठ
  • सबै
  • सरकार
  • कर
  • पेशा/व्यावसाय
  • उद्योग/व्यापार
  • समाज
  • शिक्षा /स्वास्थ्य
  • …

वीरगंज महानगरमा विद्युत् तार भूमिगत गर्न माग गर्दै उर्जामन्त्रालयलाई मेयर सिंहको पत्र

ट्रिव्युन न्यूज by ट्रिव्युन न्यूज
प्रकाशित मिति : २०८३ आश्विन १२, सोमबार १६:०५
वीरगंज महानगरमा विद्युत् तार भूमिगत गर्न माग गर्दै उर्जामन्त्रालयलाई मेयर सिंहको पत्र
1
SHARES
9
VIEWS

वीरगन्ज । वीरगंज महानगरपालिकाले मुख्य सडक विस्तारसँगै विद्युत् वितरण प्रणालीलाई भूमिगत गर्न आवश्यक बजेट तत्काल विनियोजन गर्न ऊर्जा, जलस्रोत तथा सिँचाइ मन्त्रालयसँग माग गरेको छ।

महानगर प्रमुख राजेशमान सिंहले मन्त्रालयलाई पत्र पठाउँदै सडक विस्तारपछि पुनः ओभरहेड प्रणालीबाट विद्युत्का तार राख्दा भविष्यमा सडक मर्मत, विस्तार, यातायात व्यवस्थापन तथा शहरी सौन्दर्यीकरणमा समस्या आउने भएकाले अहिले नै भूमिगत विद्युत् प्रणाली निर्माण गर्न आग्रह गरेका हुन्।

सिंहले सडक विस्तारको सुरुवातदेखि नै विस्तारपछि बन्ने मुख्य सडकखण्डमा विद्युत् प्रणाली भूमिगत बनाउन माग गर्दै आएका थिए। तर डिभिजन सडक कार्यालय, हेटौंडाले सडकको नयाँ डिजाइनमा विद्युत्का तार हालकै ओभरहेड प्रणालीबाट व्यवस्थापन गर्ने योजना रहेको जानकारी गराएपछि महानगरले पुनः भूमिगत प्रणालीका लागि पहल गरेको हो।

ADVERTISEMENT

त्रिभुवन राजपथअन्तर्गत गण्डक–घण्टाघर–भन्सार सडकखण्डको दायाँ–बायाँ २५र२५ मिटर विस्तारको काम अन्तिम चरणमा पुगेको अवस्थामा सडकसँगै विद्युत् प्रणाली पनि भूमिगत गर्नुपर्ने महानगरको धारणा छ।

महानगरका अनुसार वीरगंज मुलुककै प्रमुख औद्योगिक, व्यापारिक तथा सीमावर्ती शहर भएकाले मुख्य सडकलाई दीर्घकालीन रूपमा आधुनिक, सुरक्षित, व्यवस्थित र सुन्दर बनाउन भूमिगत विद्युत् प्रणाली आवश्यक छ।

यसबाट सडकमा रहेका विद्युत्का पोल तथा तार हट्नुका साथै सडकको सौन्दर्य र विद्युत् प्रणालीको सुरक्षामा समेत सुधार आउने अपेक्षा गरिएको छ।

महानगर प्रमुख सिंहले सम्बन्धित मन्त्रालय तथा निकायबीच आवश्यक समन्वय गरी भूमिगत विद्युत् प्रणाली निर्माणका लागि बजेट सुनिश्चित गर्न र सम्बन्धित निकायलाई आवश्यक निर्देशन दिन ऊर्जा मन्त्रालयसमक्ष आग्रह गरेका हुन् ।

Previous Post

वीरगन्ज महानगरको आगामी नेतृत्वका लागि इञ्जिनियर मनोज गुप्ताको पनि चर्चा

ट्रिव्युन न्यूज

ट्रिव्युन न्यूज

ADVERTISEMENT
Facebook Twitter Youtube
ट्रिब्यून नेपाल प्रा.लि.द्वारा संचालित
tribunenewsnp.com
newsbirgunj.com
Email : tribunenews77@gmail.com
Contact : 9855032829
         9824229089
अध्यक्ष : डा. दिपेन्द्र कुमार चौधरी
सम्पादक : एन.बी. पिठाकोटे
न्युज डेस्क : एसबी रानामगर

2023 Powered ll Site Designed By Newlife Ranjit Yadav   l   सूचना तथा प्रशारण विभाग दर्ता नं. : २४६४/०७७/०७८   l   प्रेस काउन्सिल दर्ता नं. २८६३

No Result
View All Result
  • स्वास्थ्य
  • बाणिज्य
    • फाईनान्स
    • बैंक
    • वित्तीय संस्था
  • राजनीति
  • विकास
    • जलबिधुत
    • पूर्वाधार
    • सडक
    • बजेट /अर्थतन्त्र
      • संघीय बजेट
      • प्रदेश बजेट
      • स्थानीय बजेट
  • Old Site

2023 Powered ll Site Designed By Newlife Ranjit Yadav   l   सूचना तथा प्रशारण विभाग दर्ता नं. : २४६४/०७७/०७८   l   प्रेस काउन्सिल दर्ता नं. २८६३

Welcome Back!

Login to your account below

Forgotten Password? Sign Up

Create New Account!

Fill the forms below to register

All fields are required. Log In

Retrieve your password

Please enter your username or email address to reset your password.

Log In