वीरगञ्ज । नेपाली कांग्रेसको १५औँ महाधिवेशनअन्तर्गत वीरगञ्ज महानगरपालिका वडा नम्बर १४ पिपराबाट बिकेश कुमार पटेल क्षेत्रीय प्रतिनिधिमा निर्वाचित भएका छन् ।
स्थानीय तहमा भएको वडा अधिवेशन तथा प्रतिनिधि चयन प्रक्रियामार्फत पटेल क्षेत्रीय प्रतिनिधि पदमा चयन भएका हुन् । नवनिर्वाचित प्रतिनिधि पटेलले पार्टीको नीति, सिद्धान्त र आदर्शलाई अंगीकार गर्दै आफ्नो क्षेत्रका क्रियाशील सदस्य तथा जनसमुदायको भावना अनुसार काम गर्ने प्रतिबद्धता व्यक्त गरेका छन् ।
पटेलको विजयसँगै स्थानीय युवा नेता तथा कार्यकर्ताहरूले बधाई तथा शुभकामना व्यक्त गर्दै आगामी अधिवेशनका प्रक्रियाहरूमा सफल कार्यकालको कामना गरेका छन्।
यस्तै वीरगन्ज महानगरपालिका वडा नम्बर ५ को वडा सभापतिमा धिरेन्द्र बहादुर श्रेष्ठ निर्वाचित भएका छन् । नेपाली कांग्रेसले १५ औं महाधिवेशनका लागि आईतबारदेखि पर्सामा वडा अधिवेशन धमाधम गरिरहेको छ ।

