• About
  • Advertise
  • Privacy & Policy
  • Contact
Tuesday, September 15, 2026
  • Login
  • Register
Advertisement
  • गृहपृष्ठ
  • सबै
  • सरकार
    • सङघीय सरकार
    • प्रदेश सरकार
    • स्थानीय सरकार
  • कर
    • सङघीय कर
    • प्रदेश कर
    • स्थानीय कर
  • पेशा/व्यावसाय
    • कृषि
    • पर्यटन
    • पेशा
    • व्यवसाय
  • उद्योग/व्यापार
    • उद्योग
    • व्यापार
  • समाज
    • अपराध
    • इतिहास
    • दुर्घटना
    • सेवा
    • धर्म
    • संस्कृति
    • सुरक्षा
  • शिक्षा /स्वास्थ्य
    • शिक्षा
    • स्वास्थ्य
  • …
    • राजनीति
    • बजेट /अर्थतन्त्र
      • संघीय बजेट
      • प्रदेश बजेट
      • स्थानीय बजेट
    • विकास
      • पूर्वाधार
      • जलबिधुत
      • सडक
      • सेवा प्रवाह गर्ने भवनहरू
    • अन्तरवार्ता
    • विचार
    • बाणिज्य
      • फाईनान्स
      • बैंक
      • वित्तीय संस्था
    • खेलकुद
    • साहित्य/मनोरञ्जन
No Result
View All Result
Tribune
  • गृहपृष्ठ
  • सबै
  • सरकार
    • सङघीय सरकार
    • प्रदेश सरकार
    • स्थानीय सरकार
  • कर
    • सङघीय कर
    • प्रदेश कर
    • स्थानीय कर
  • पेशा/व्यावसाय
    • कृषि
    • पर्यटन
    • पेशा
    • व्यवसाय
  • उद्योग/व्यापार
    • उद्योग
    • व्यापार
  • समाज
    • अपराध
    • इतिहास
    • दुर्घटना
    • सेवा
    • धर्म
    • संस्कृति
    • सुरक्षा
  • शिक्षा /स्वास्थ्य
    • शिक्षा
    • स्वास्थ्य
  • …
    • राजनीति
    • बजेट /अर्थतन्त्र
      • संघीय बजेट
      • प्रदेश बजेट
      • स्थानीय बजेट
    • विकास
      • पूर्वाधार
      • जलबिधुत
      • सडक
      • सेवा प्रवाह गर्ने भवनहरू
    • अन्तरवार्ता
    • विचार
    • बाणिज्य
      • फाईनान्स
      • बैंक
      • वित्तीय संस्था
    • खेलकुद
    • साहित्य/मनोरञ्जन
No Result
View All Result
  • गृहपृष्ठ
  • सबै
  • सरकार
  • कर
  • पेशा/व्यावसाय
  • उद्योग/व्यापार
  • समाज
  • शिक्षा /स्वास्थ्य
  • …

गण्डकी प्रदेशलाई चाँडै पूर्ण विद्युतीकरणयुक्त प्रदेश बनाइने

ट्रिव्युन न्यूज by ट्रिव्युन न्यूज
प्रकाशित मिति : २०८३ भाद्र ३०, मंगलवार १५:४५
गण्डकी प्रदेशलाई चाँडै पूर्ण विद्युतीकरणयुक्त प्रदेश बनाइने
0
SHARES
5
VIEWS

काठमाडौं । संघ र प्रदेश सरकारबीच प्रभावकारी समन्वय कायम गर्दै गण्डकी प्रदेशलाई चाँडै पूर्ण विद्युतीकरणयुक्त प्रदेश बनाइने भएको छ।

सिंहदरबारमा मंगलबार ऊर्जा, जलस्रोत तथा सिँचाइ मन्त्री विराज भक्त श्रेष्ठ र गण्डकी प्रदेशका ऊर्जा, जलस्रोत तथा खानेपानी मन्त्री फणीन्द्र देवकोटाबीच भएको भेटवार्तामा यस्तो सहमति बनेको हो।

मन्त्री श्रेष्ठले ‘गण्डकी उज्यालो’ कार्यक्रममार्फत प्रदेशका सबै घरधुरीमा विद्युत् पहुँच पुर्याउने अभियानमा संघ सरकारको पूर्ण सहयोग र सहजीकरण रहने प्रतिबद्धता जनाए ।

ADVERTISEMENT

गण्डकी प्रदेशमा हाल १ हजार ७१७ घरधुरीमा विद्युत् सेवा पुग्न बाँकी रहेको र ती स्थानहरूमा यथाशीघ्र बिजुली पुर्याउन संघ, प्रदेश र स्थानीय तहबीच सहकार्य आवश्यक रहेको उनको भनाइ थियो।

मन्त्री श्रेष्ठले विद्युत् विकाससम्बन्धी विधेयक तथा ‘गण्डकी उज्यालो’ जस्ता कार्यक्रम प्राथमिकताका साथ अघि बढाएकोमा खुशी व्यक्त गरे । बलियो र समन्वयकारी प्रदेश सरकारमार्फत विकासका अवसर सबै भूगोल र समुदायमा समान रूपमा पुर्याउने समन्यायिक विकासको परिकल्पना साकार हुने धारणा उनले व्यक्त गरे ।

ऊर्जा सुरक्षालाई प्राथमिकता दिँदै केही स्थानीय तहलाई ‘ऊर्जा आत्मनिर्भर पालिका’का रूपमा विकास गर्ने तयारी भइरहेको जानकारी दिँदै मन्त्री श्रेष्ठले राष्ट्रिय प्रसारण प्रणाली पुग्न कठिन दुर्गम क्षेत्रमा सौर्यलगायत नवीकरणीय ऊर्जाको प्रयोगलाई प्राथमिकता दिनुपर्ने बताए ।
विद्युत् पहुँच विस्तारसँगै बिजुलीको खपत बढाउन पूर्वाधार र प्राविधिक क्षमता विकासमा ध्यान दिनुपर्नेमा मन्त्री श्रेष्ठले जोड दिए । यसका लागि आवश्यक अध्ययन गरी संघ र प्रदेशले संयुक्त रूपमा योजना अघि बढाउन सक्ने उनले उल्लेख गरे ।

चालु आर्थिक वर्षमा प्रदेशमा विद्युत् विस्तारका लागि केन्द्रबाट पर्याप्त बजेट विनियोजन गर्नुका साथै अधिकारसमेत प्रत्यायोजन भइरहेको उनको भनाइ थियो।

बाढी प्रभावित गोरखाको चुङडुम्रीस्थित लघु जलविद्युत् केन्द्रको पुनर्निर्माण वैकल्पिक ऊर्जा प्रवर्द्धन केन्द्रमार्फत अघि बढाउन सकिने उहाँले जानकारी दिए ।

गण्डकी प्रदेशका मन्त्री फणीन्द्र देवकोटाले प्रदेशलाई पूर्ण विद्युतीकरण भएको प्रदेश घोषणा गर्ने तयारी भइरहेको बताउँदै विद्युत् विकास विधेयक निर्माणमा संघ सरकारको सहयोग र समन्वय आवश्यक रहेको बताए ।

उनले बागलुङको निसीमा विद्युतीकरणका लागि बजेट स्रोत सुनिश्चित गर्न र चीनसँगको कोरला नाकासम्म विद्युत् सेवा विस्तारका लागि संघ सरकारबाट पहल गरिदिन आग्रह गरे ।

छलफलमा विद्युत् विस्तार, खपत वृद्धि, सिँचाइ तथा ऊर्जा पूर्वाधार विकासका विषयमा संघ र प्रदेशबीचको सहकार्यलाई थप प्रभावकारी बनाउनेबारे सकारात्मक कुराकानी भएको थियो।

उक्त भेटवार्तामा दुवै मन्त्रालयका सचिव तथा सहसचिवसहित उच्च अधिकारीहरूको उपस्थिति रहेको थियो।

Previous Post

धनुषा प्रहरीद्वारा अपहृत १५ महिनाका बालकको सकुशल उद्धार, आरोपी महिला भारतीय सीमा नजिकैबाट पक्राउ

Next Post

रुपन्देहीमा आयल निगमको डिजेल चोरी गर्दै गर्दा तीन ट्याङ्करसहित एक जना नियन्त्रणमा

ट्रिव्युन न्यूज

ट्रिव्युन न्यूज

ADVERTISEMENT
Facebook Twitter Youtube
ट्रिब्यून नेपाल प्रा.लि.द्वारा संचालित
tribunenewsnp.com
newsbirgunj.com
Email : tribunenews77@gmail.com
Contact : 9855032829
         9824229089
अध्यक्ष : डा. दिपेन्द्र कुमार चौधरी
सम्पादक : एन.बी. पिठाकोटे
न्युज डेस्क : इश्वर राना मगर

2023 Powered ll Site Designed By Newlife Ranjit Yadav   l   सूचना तथा प्रशारण विभाग दर्ता नं. : २४६४/०७७/०७८   l   प्रेस काउन्सिल दर्ता नं. २८६३

No Result
View All Result
  • स्वास्थ्य
  • बाणिज्य
    • फाईनान्स
    • बैंक
    • वित्तीय संस्था
  • राजनीति
  • विकास
    • जलबिधुत
    • पूर्वाधार
    • सडक
    • बजेट /अर्थतन्त्र
      • संघीय बजेट
      • प्रदेश बजेट
      • स्थानीय बजेट
  • Old Site

2023 Powered ll Site Designed By Newlife Ranjit Yadav   l   सूचना तथा प्रशारण विभाग दर्ता नं. : २४६४/०७७/०७८   l   प्रेस काउन्सिल दर्ता नं. २८६३

Welcome Back!

Login to your account below

Forgotten Password? Sign Up

Create New Account!

Fill the forms below to register

All fields are required. Log In

Retrieve your password

Please enter your username or email address to reset your password.

Log In