वीरगन्ज । गएको भदौ १० गते तिब्बत र नेपालको सीमाना हुदै भोटेकोशीमा आएको बिनाशकारी बाढिमा परेर ज्यान गुमाएका नागरिकहरुको सम्झनामा सोमबार दीप प्रज्वलन तथा श्रद्धाञ्जली सभाको आयोजना गरेको छ ।
प्रकृतिक प्रकोपमा परेर ज्यान गुमाएकाहरुको तोह्रौं दिनको पुण्यतिमा रास्वपा पर्सा सहित विभिन्न संघसंस्थाहरुले दीप प्रज्वलन गर्नुका साथै श्रद्धाञ्जली सभाको आयोजना गरेका हुन्।
वीरगन्जको माईस्थानमा रास्वपा पर्साले आयोजना गरेको श्रद्धाञ्जली सभालाई सम्बोधन गर्दै पर्सा क्षेत्र नम्बर १ का सांसद बुद्धि प्रसाद (हरि) पन्तले भोटेकोसीको बाढीमा परि ज्यान गुमाएकाहरु प्रति श्रद्धाञ्जली व्यक्त गर्दै शोक सनतप्त परिबारजनमा गहिरो समबेदना प्रकट गरे। उनले बाढीमा परेर बेपत्ता भएकाहरुको खोजी र उद्दारमा सरकारले कुनै पनि कसर बाँकि नराख्ने पनि बताए ।
श्रद्धाञ्जलीसभामा रास्वपा पर्साकी कार्यवाहक सभापति तुलसा पौडेल, सचिब सुदीश प्रजापति, क्षेत्रीय सभापतिहरु जितेन्द्र मिश्र, फैयाज मियाँ र पालिका सभापतिहरु रमाकान्त चौधरी, चन्दन यादब, माधब बस्नेतका साथै मह्मुद्दिन आलम, अक्षय द्विबेदी, महानगर सचिव गौतम श्रेष्ठ, सुमित चौरसिया, सम्साद अन्सारी, एहशान अन्सारी र दीपेन्द्र मण्डल लगायतका नेताहरुको उपस्थिति थियो । श्रद्धाञ्जली सभालार्इ कृष्ण पासवानले संचालन गरेका थिए ।
रास्वपा महानगर कमिटीको घण्टाघरमा छुट्टै कार्यक्रम
राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) वीरगन्ज महानगर कमिटिले पनि वीरगन्जको घण्टाघरमा छुट्टै दीप प्रज्जवलन र श्रद्धाञ्जली सभाको आयोजना गरेको थियो ।
घण्टाघरमा महानगर कमिटिले आयोजना गरेको कार्यक्रममा नगरसभापति बाहेक अन्य पदाधिकारीहरु भने उपस्थित भएका थिएनन् । महानगर कमिटिका अन्य पदाधिकारीहरु जिल्ला कमिटिले आयोजना गरेको कार्यक्रममा सहभागी भएका थिए ।

