• About
  • Advertise
  • Privacy & Policy
  • Contact
Wednesday, July 29, 2026
  • Login
  • Register
Advertisement
  • गृहपृष्ठ
  • सबै
  • सरकार
    • सङघीय सरकार
    • प्रदेश सरकार
    • स्थानीय सरकार
  • कर
    • सङघीय कर
    • प्रदेश कर
    • स्थानीय कर
  • पेशा/व्यावसाय
    • कृषि
    • पर्यटन
    • पेशा
    • व्यवसाय
  • उद्योग/व्यापार
    • उद्योग
    • व्यापार
  • समाज
    • अपराध
    • इतिहास
    • दुर्घटना
    • सेवा
    • धर्म
    • संस्कृति
    • सुरक्षा
  • शिक्षा /स्वास्थ्य
    • शिक्षा
    • स्वास्थ्य
  • …
    • राजनीति
    • बजेट /अर्थतन्त्र
      • संघीय बजेट
      • प्रदेश बजेट
      • स्थानीय बजेट
    • विकास
      • पूर्वाधार
      • जलबिधुत
      • सडक
      • सेवा प्रवाह गर्ने भवनहरू
    • अन्तरवार्ता
    • विचार
    • बाणिज्य
      • फाईनान्स
      • बैंक
      • वित्तीय संस्था
    • खेलकुद
    • साहित्य/मनोरञ्जन
No Result
View All Result
Tribune
  • गृहपृष्ठ
  • सबै
  • सरकार
    • सङघीय सरकार
    • प्रदेश सरकार
    • स्थानीय सरकार
  • कर
    • सङघीय कर
    • प्रदेश कर
    • स्थानीय कर
  • पेशा/व्यावसाय
    • कृषि
    • पर्यटन
    • पेशा
    • व्यवसाय
  • उद्योग/व्यापार
    • उद्योग
    • व्यापार
  • समाज
    • अपराध
    • इतिहास
    • दुर्घटना
    • सेवा
    • धर्म
    • संस्कृति
    • सुरक्षा
  • शिक्षा /स्वास्थ्य
    • शिक्षा
    • स्वास्थ्य
  • …
    • राजनीति
    • बजेट /अर्थतन्त्र
      • संघीय बजेट
      • प्रदेश बजेट
      • स्थानीय बजेट
    • विकास
      • पूर्वाधार
      • जलबिधुत
      • सडक
      • सेवा प्रवाह गर्ने भवनहरू
    • अन्तरवार्ता
    • विचार
    • बाणिज्य
      • फाईनान्स
      • बैंक
      • वित्तीय संस्था
    • खेलकुद
    • साहित्य/मनोरञ्जन
No Result
View All Result
  • गृहपृष्ठ
  • सबै
  • सरकार
  • कर
  • पेशा/व्यावसाय
  • उद्योग/व्यापार
  • समाज
  • शिक्षा /स्वास्थ्य
  • …

छलकपटले गौतम माविका विद्यार्थीहरुको मेहेनतलाई रोक्न सकेन, पुनःयोगपछि दुई विद्यार्थी नेपाल टपर भए

ट्रिब्युन न्युज by ट्रिब्युन न्युज
प्रकाशित मिति : २०८३ श्रावण ११, सोमबार १९:५५
छलकपटले गौतम माविका विद्यार्थीहरुको मेहेनतलाई रोक्न सकेन, पुनःयोगपछि दुई विद्यार्थी नेपाल टपर भए
2
SHARES
18
VIEWS

वीरगन्ज । गतबर्षको माध्यामिक शिक्षा परीक्षा ‘एसईई’ मा अपेक्षित अंक नपाएका गौतम माविका दुई विद्यार्थीहरु पुर्नयोग मूल्यांकनपछि नेपालकै उत्कृष्ट विद्यार्थी भएका छन् ।

गौतम माविका आरभ कुमार सिंह तथा कुमारी आयुषी चौरसिया कम्प्युटर विज्ञान विषयको पुनःजाँच तथा पुर्नयोग प्रक्रिया पश्चात् ४ जीपीए प्राप्त गरी नेपाल टपर बन्न सफल भएको गौतम माविले जनाएको छ ।

यो ऐतिहासिक उपलब्धिका लागि विद्यालय परिवारले उत्तीर्ण विद्यार्थीहरुलाई हार्दिक बधाई तथा शुभकामना व्यक्त गरेको छ ।

ADVERTISEMENT

विद्यार्थीहरुको वर्षौंको कठोर परिश्रम, अनिद्राका रातहरू र अटल निष्ठाको प्रतिफल स्वरूप ४ जिपिए हासिल गरेपछि गौतम माध्यमिक विद्यालय परिसरमा खुसीको आँसु र गौरवको अभूतपूर्व उत्सव छाएको छ ।

राष्ट्रकै सर्वोत्कृष्ट नतिजा हासिल गर्दै नेपाल टपर बन्न सफल विद्यार्थीद्वय आरव कुमार सिंह र आयुषी चौरसियाको यो सफलता केवल एउटा नतिजा मात्र नभई उनीहरुले आफ्नो क्षमताप्रतिको आत्मविश्वास, धैर्य, सङ्घर्ष र सत्यको विजयको एउटा अविस्मरणीय कथा बनेको छ ।

एसईई परीक्षाको नतिजा सार्वजनिक भएपछि कम्प्युटर विज्ञान विषयको प्रारम्भिक नतिजा आउँदा अपेक्षित अंक नआएर मनमा लागेको ठेस, नसोचेको अङ्क देख्दा छाएको स्तब्धता र त्यसपछि सिर्जना भएको मानसिक तथा भावनात्मक पीडालाई चिर्दै उनीहरूले पुनःजाँच र पुनःमूल्याङ्कनका लागि निवेदन दिएका थिए ।

आफ्नै मेहनत र क्षमतामाथि अटल विश्वास राखेर गरिएको त्यो हिम्मतले अन्ततः न्याय पाएका छन्। उत्तरपुस्तिका पुनःजाँचपश्चात् दुवै जनाले पूर्ण ४ जिपिए हासिल गर्दै सफलताको शिखर चुमेका छन्।

सन्तानको सफलतामा आफ्ना सपना साट्ने अभिभावकहरूको त्याग र निरन्तरको प्रोत्साहन, अनि शिक्षकवर्गहरूको समर्पण बिना यो ऐतिहासिक उपलब्धि सम्भव थिएन।

तर गौतम माविका विद्यार्थीहरुमाथि भएको छलकपटपूर्ण व्यावहारलाई भने उनीहरुले गरेको परिश्रम र लगनशिलताले एउटा गतिलो जवाफ दिएको छ ।

यसबाट परीक्षा बोर्ड र सम्बन्धित निकायलाई एउटा गम्भीर सन्देश के दिएको छ भने, उत्तरपुस्तिका परीक्षणमा हुने एउटा सानो असावधानीले विद्यार्थीहरुको आत्मविश्वास र मेहेनतमाथि कति ठूलो चोट पुर्‍याउन सक्छ ? निष्पक्ष र पारदर्शी मूल्याङ्कन प्रत्येक विद्यार्थीको नैसर्गिक अधिकार हो भन्ने कुरालाई यो नतिजाले पुनः पुष्टि गरेको छ।

अन्ततः, सबै शङ्का र पीडाहरूलाई जित्दै आरव र आयुषीले गौतम माध्यमिक विद्यालय, आफ्ना अभिभावक र सम्पूर्ण देशकै शिर उच्च बनाएका छन्।

असावधानीले निम्त्याएको निराशाको आँसुलाई खुसीमा बदलेको यो ऐतिहासिक क्षणको साक्षी बन्न पाउनु सम्पूर्ण गौतम मावि परिवारका लागि ठूलो भाग्यको कुरा रहेको विद्यालय परिवारको भनाई छ ।

Previous Post

असार महिनाको विद्युत खपतमा भ्याट नलाग्ने, साउन १ पछिको खपतमा न्यूनतम र डिमान्ड चार्जमा पनि कर लाग्ने

ट्रिब्युन न्युज

ट्रिब्युन न्युज

ट्रिब्यून नेपाल प्रा.लि.द्वारा सञ्चालित tribunenewsnp.com डिजिटल पत्रिका मोफसलबाट प्रकाशित एक तथ्य र तथ्यांक सहितको अनलाईन समाचार पोर्टल हो । तथ्यांकमा आधारित रहेर अध्ययन अनुसन्धान सहितको समाचार सम्प्रेषण गर्ने यस अनलाईनमा अध्ययन र अनुसन्धानमा गहिरो दख्खल राख्ने व्यक्तिहरु आवद्ध रहेका छन् । तीन तहकै सरकार सञ्चालनमा आवश्यक स्रोत व्यावस्थापन तथा परिचालनको विषयमा तथ्यांक केलाउनका लागि केन्द्रकै भर पर्नुपर्ने बाध्यतालाई अन्त्य गरी मोफसलबाट पनि तथ्य र तथ्यांक सहितको समाचार दिने हाम्रो ध्येय हो ।

ADVERTISEMENT
Facebook Twitter Youtube
ट्रिब्यून नेपाल प्रा.लि.द्वारा संचालित
tribunenewsnp.com
newsbirgunj.com
Email : tribunenews77@gmail.com
Contact : 9855032829
         9824229089
अध्यक्ष : डा. दिपेन्द्र कुमार चौधरी
सम्पादक : एन.बी. पिठाकोटे
न्युज डेस्क : इश्वर राना मगर

2023 Powered ll Site Designed By Newlife Ranjit Yadav   l   सूचना तथा प्रशारण विभाग दर्ता नं. : २४६४/०७७/०७८   l   प्रेस काउन्सिल दर्ता नं. २८६३

No Result
View All Result
  • स्वास्थ्य
  • बाणिज्य
    • फाईनान्स
    • बैंक
    • वित्तीय संस्था
  • राजनीति
  • विकास
    • जलबिधुत
    • पूर्वाधार
    • सडक
    • बजेट /अर्थतन्त्र
      • संघीय बजेट
      • प्रदेश बजेट
      • स्थानीय बजेट
  • Old Site

2023 Powered ll Site Designed By Newlife Ranjit Yadav   l   सूचना तथा प्रशारण विभाग दर्ता नं. : २४६४/०७७/०७८   l   प्रेस काउन्सिल दर्ता नं. २८६३

Welcome Back!

Login to your account below

Forgotten Password? Sign Up

Create New Account!

Fill the forms below to register

All fields are required. Log In

Retrieve your password

Please enter your username or email address to reset your password.

Log In