वीरगन्ज । वीरगन्जको शैक्षिक क्षेत्रमा फरक शैलीमा अध्ययन गराउने र सिकाउने वीरगन्ज कलेजले कक्षा ११ का विद्यार्थीहरुलाई ’इफेक्टिभ पब्लिक स्पिकिङ’ अर्थात प्रभावकारी सार्वजनिक वक्तृत्वकलाको बारेमा प्रशिक्षण दिएको छ ।
कलेजका रारा सदनका विद्यार्थीहरुलाई एपेक्स म्यानेजमेण्ट कलेजको सभाकक्षमा तालिम दिईएको हो । तालिमको उदघाटन कलेजका सञ्चालक समिति अध्यक्ष डा.दीपेन्द्र कुमार चौधरीले गरेका थिए ।
विद्यार्थीहरुलाई कलेजका प्रमुख विनोद गुप्ता र प्रशिक्षक उज्जवल घिमिरेले प्रशिक्षण दिएका थिए । विद्यार्थीहरुलाई पाठ्यक्रमको मात्रै ज्ञानले भन्दापनि व्यवहारिक रुपमा आत्मविश्वास बढाउन र सार्वजनिक रुपमा कही बोल्नु परेमा उनीहरुलाई हिच्किचाहट हटाउनलाई तालिम उपयोगी हुने कलेजको विश्वास छ ।
नयाँ शैशिक्षक सत्रमा कक्षा ११ मा भर्ना भएका विद्यार्थीहरुलाई विद्यालय भन्दा बाहिर कलेज र त्यो भन्दा बाहिरको वातावरणबीचको फरक र त्यसबाट आफ्नो विद्यार्थी जीवनमा सिक्न आवश्यक विषयवस्तुहरुलाई केन्द्रीत गरेर तालिमको आयोजना गरिएको कलेजका सञ्चालक समिति अध्यक्ष डा.दीपेन्द्र कुमार चौधरीले बताए ।
उनले अहिलेका युवाहरु सामाजिक सञ्जाल लगायत विभिन्न माध्यमहरुमा बोल्न सक्ने भएपनि तरिका र शैलीहरु नहुँदा उनीहरुको नेतृत्व क्षमताको विकास हुन नसक्ने बताए ।
नेतृत्वको क्षमताका लागि भने व्यवहारिक ज्ञान, सीप र तालिम प्रशिक्षणको आवश्यकता पर्ने बताए । कलेजले आयोजना गरेको प्रशिक्षणबाट विद्यार्थीहरुलाई नयाँ विषय र ज्ञान सीप हासिल गर्नुका साथै अनुशासनमा रहेन उच्च शिक्षा अध्ययनमा पनि उनीहरु सफल हुने विश्वास व्यक्त गरेको छ ।

