वीरगन्ज । वीरगन्जको ओम नेशनल कलेजकी छात्रा कुल्सुम खातुन कक्षा १२ को परीक्षामा उत्कृष्ट अंक ल्याएकी छिन् । बाराको जीतपुर सिमरा निवासी खातुनले हालै कक्षा १२ को परीक्षामा ३.८८ जीपीए ल्याएर मधेस प्रदेशको पर्सा, बाराकै उत्कृष्ट छात्रा भएकी हुन् ।
उनलाई ओम नेशनल कलेजले आज एक कार्यक्रमको आयोजना गरेर सम्मान गर्नुका साथै ल्यापटप पनि हस्तान्तरण गरेको छ । कलेज परिसरमा आयोजना गरिएको सम्मान कार्यक्रममा खातुनलाई कलेजकी निर्देशक शोभा यादवले खादाले सम्मान गरि एकथान ल्यापटप समेत हस्तान्तरण गरिन् ।
सम्मान्नित भएपछि खातुनले आफूले गरेको उपब्धीमा आफ्नो अभिभावक, कलेज र आफ्नो अनुशासन नै रहेको प्रतिकृया दिईन् । कार्यक्रममा कलेजकी निर्देशक यादवले खातुन र उनका अभिभावकलाईसँगै राखेर बधाई दिनुका साथै खुशी पनि साटासाट गरिन् ।
कक्षा १२ मा विज्ञान शंकायमा सधै उत्कृष्ट नतिजा ल्याउन सफल ओम नेशनल कलेज वीरगन्जको शैक्षिक क्षेत्रमा प्रतिष्ठित कलेजको रुपमा चिनिन्छ ।
कलेजले उत्कृष्ट अंक सहित उत्तीर्ण हुने विद्यार्थीहरुलाई ल्यापटप लगायतका विशेष पुरस्कारहरु प्रदान गर्दै आएको छ । वीरगन्ज महानगरपालिका वडा नम्बर ११ ओमआश्रम रोडमा रहेको कलेजमा हाल कक्षा ११ र १२ मा गरी सातसय भन्दा बढी विद्यार्थीहरु अध्ययरत रहेका छन् ।
वीरगन्जमै उत्कृष्ट कलेजको स्थापनाले यहाँका धेरै गरिब, विपन्न र जेहेन्दार विद्यार्थीहरुको विज्ञान शंकाय अध्ययन गर्ने सपना पूरा हुदै आएको छ । कलेजका अनुभवी र दक्ष जनशक्तिले शिक्षाको गुणस्तर बढ्नुका साथै उत्कृष्ट नतिजा ल्याईरहेको कलेजकी निर्देशक शोभा यादवले बताईन् ।
भौतिकशास्त्रका प्राध्यापक समेत रहेका डा.लालबाबु यादवले स्थापना गरेको ओम नेशनल कलेज स्थापना कालदेखि नै विज्ञान शंकायमा उत्कृष्ट नतिजा ल्याउदै आएको कलेज हो । डा.यादवको मोटरसाईकल दुर्घटनमा घाईते भई लामो समयसम्म अस्पतालमा उपचार हुदै गर्दा निधन भएको थियो ।
उनको निधनपछि उहाकी श्रीमती शोभा यादवले कलेजको सम्पूर्ण जिम्मेवारी सम्हाल्दै आएकी छिन् । यसपटक पनि कक्षा १२ को परीक्षामा कलेजकी छात्रा कुल्सुमले उत्कृष्ट नतिजा ल्याएर कलेजको प्रतिष्ठा अझ बढाएको कलेजकी निर्देशक शोभा यादवले बताईन् ।
२०४८ सालमा कलेज स्थापना भएको थियो । डा.यादवले विज्ञान शंकायमा प्लस टु स्थापना गरेपछि बारा पर्साका धेरै विद्यार्थीहरु एसएलसी र एसईईपछि गुणस्तरीय विज्ञान विषयको अध्ययनका लागि वीरगन्ज बाहिर जानुपर्ने बाध्यता हटेको थियो ।

