वीरगन्ज । वीरगन्जमा पाँचदिने ‘स्केलअप’ तालिम शुरु गरिएको छ । सूचना प्रविधिको पहुँचको माध्यमबाट डिजिटल नेतृत्वको विकासका लागि ‘स्केलअप’ तालिमको आयोजना गरिएको हो ।
तालिमको उदघाटन सत्रमा प्रमुख अतिथि नेपाल उद्योग वाणिज्य महासंघ मधेस प्रदेशका अध्यक्ष अशोक टेमानीले बोल्दै आजको युगमा किताबी ज्ञानले मात्रै उद्यमी बन्न नसकिने बताउदै सूचना प्रविधिको ज्ञान सीपको प्रयोग अपरिहार्य रहेको बताए ।
पहिले ८० प्रतिशत युवाहरु बैंकमा जागिर खाने गरेका तर, अहिले त्यसको ठिक उल्टो ८० प्रतिशत युवाहरु उद्यमशिलतातर्फ आकर्षित भएको बताए । पाँचदिने तालिमले प्रविधियुक्त उद्यमी उत्पादन हुनेमा विश्वास व्यक्त गरे ।
प्रविधि उद्यमका लागि नेपाल अझै भर्जिन देश भएकोले यहँँ धेरै प्रकारका प्रविधिजन्य उद्यमका लागि सम्भाव्यता रहेको बताउदै अध्यक्ष टेमानीले ग्रिन सर्कुलर इकोनोमी, प्लाष्टिकजन्य फोहोरबाट इन्धन निकाल्ने, निर्माण सामग्रीको प्रयोगबाट नयाँ निर्माण सामग्रीको उत्पादन आउन थालेकोले पनि प्रविधिको प्रयोगले उद्योग व्यावसायमा सहज हुने बताए ।
तालिमले स्थानीय उद्यमी र प्रविधि उद्यमीहरूलाई तीव्र गतिमा परिवर्तन भइरहेको विश्वव्यापी अर्थतन्त्रमा फस्टाउन आवश्यक उच्चस्तरीय सीपहरू प्रदान गरी उद्यमशिलतामा सहयोग पु¥याउने आयोजकले लक्ष्य राखेको छ।
काठमाडौंमा पहिलो कोहोर्ट सफलतापूर्वक सम्पन्न गरेपछि स्केलअप नेपालका संस्थापक अमित अग्रवालको पहलमा नेपालका ६ सहरका ३०० प्रविधि उद्यमीहरूलाई प्रशिक्षित गर्ने अभियान अन्तर्गत यो दोस्रो चरणको कार्यक्रम आयोजना गरिएको नेपाल उद्योग वाणिज्य महासंघ मधेस प्रदेशको नवप्रवद्र्धन उद्यम समितिका संयोजक अनुप अग्रवालले बताए ।
वीरगञ्ज कोहोर्ट वीरगञ्ज उद्योग वाणिज्य संघको स्टार्टअप तथा इनोभेसन समितिसँगको सहकार्यमा आयोजना गरिएको कार्यक्रममा ४० भन्दा बढी कम्पनीका १०० भन्दा बढी सहभागीहरू भएका छन् ।
मधेस प्रदेशमा पाँचसय नवप्रवद्र्धन उद्यम (स्टार्टअप) स्थाना भएपनि त्यसको १० प्रतिशत मात्रै सफल देखिएको बताउदै अनुप अग्रवालले कार्यक्रममा स्केलअप नेपालसँग साझेदारी गर्न पाउनु गौरवको कुरा मात्रै होईन स्टार्टअप व्यावसायमा पनि सहयोग पुग्ते बताए ।
यस कार्यक्रममा ट्यान्जिबल करियरका सीईओ आलोक खत्री, खल्तीमा संस्थापक अमित अग्रवाल, गोल्यान ग्रुपका सीएफओ, सञ्जय कुमार साह, खल्ती सुरक्षाका सहसंस्थापक अविनाश गुप्ता र उद्यमी र कर्पोरेट प्रशिक्षक शौरभ लोहानीले प्रशिक्षण दिइरहेका छन् ।
स्केलअप नेपाललाई २०२५ अलम्नाई इन्गेजमेन्ट इनोभेसन फण्ड र अमेरिकी दूतावास नेपालको सहयोग रहेको छ। कार्यक्रमलाई सनवे कलेज एआई एकेडेमिया पार्टनर, वर्ल्डलिङ्क इन्टरनेट पार्टनर, र केटीएम डट वान क्लाउड पार्टनरलगायत फुडमाण्डु, यती एयरलाइन्स र खल्ती सुरक्षा जस्ता विभिन्न व्यावसायिक साझेदारहरूले साथ दिएका छन।
