काठमाडौं । नेपाल आयल निगमले पेट्रोलियम पदार्थको मूल्यमा फेरी भारी वृद्धि गरेको छ। निगमले बुधबार एक प्रेस विज्ञप्ति जारी गर्दै पेट्रोल, डिजेल र मट्टीतेलको मूल्यमा प्रतिलिटर समान १५ रुपैयाँले बढाउने निर्णय गरेको जानकारी दिएको हो।
पछिल्लो समय अन्तर्राष्ट्रिय बजारमा कच्चा तेलको मूल्य बढेको र निगमको घाटा चुलिँदै गएको भन्दै यो मूल्य समायोजन गरिएको निगमले जनाएको छ।
नयाँ मूल्य निर्धारणसँगै उपभोक्ताले अब पेट्रोलियम पदार्थ खरिद गर्दा थप आर्थिक भार व्यहोर्नुपर्ने देखिएको छ। यो निर्णय सार्वजनिक भएसँगै बजारमा दैनिक उपभोग्य वस्तुको मूल्य र यातायात भाडामा समेत असर पर्न सक्ने अनुमान गरिएको छ।
मध्यपूर्वमा इरान–अमेरिका–इजरायल युद्धले गर्दा विश्व बजारमा तेलको मूल्य बढेपछि नेपालमा पनि यसको पभाव परेको छ । इरानका उर्जा उत्पादन केन्दमा अमेरिकी र इजरायली आक्रमण गर्न थालेपछि विश्व बजारमा तेलको मूल्य आकाशिएको छ ।

