वीरगन्ज । अमेरिकी डलरको मूल्य केही ओरालो लागेको छ। नेपाल राष्ट्र बैंकले बुधबारका लागि सार्वजनिक गरेको विदेशी मुद्राको नयाँ विनिमय दर डलर एकको खरिददर १४९ रुपैयाँ ८९ पैसा र बिक्रीदर १५० रुपैयाँ ४९ पैसा निर्धारण गरिएको छ।
डलरको भाउ घटे पनि युरो, पाउन्ड र स्वीस फ्रयाङ्कको मूल्य भने बढेको छ। युरोपियन युरोको बिक्रीदर १७४ रुपैयाँ ४७ पैसा पुगेको छ भने युके पाउन्ड स्टर्लिङको बिक्रीदर २०१ रुपैयाँ ७८ पैसा कायम भएको छ।
अन्य मुद्राहरूमा अष्ट्रेलियन डलरको बिक्रीदर १०४ रुपैयाँ ९१ पैसा र क्यानेडियन डलरको बिक्रीदर १०९ रुपैयाँ ५२ पैसा तोकिएको छ। राष्ट्र बैंकले यो दर जुनसुकै बेला परिवर्तन हुन सक्ने जनाएको छ भने वाणिज्य बैंकहरूले आफ्नै हिसाबले विनिमय दर तय गर्न सक्ने हुनाले दरमा केही भिन्नता हुन सक्ने नेपाल राष्ट्र बैंकले जनाएको छ ।
