वीरगंज । “मारवाडी प्रिमियर लिग–३” मा फग पाईटर्सले विजयी शुरुवात गरेको छ । शुक्रबारदेखि शुरु “मारवाडी प्रिमियर लिग–३” क्रिकेट प्रतियोगितामा एभरेस्ट ब्लेजिङ हक्स र द फग फाइटर्स कैलाशबीच भएको रोमाञ्चक क्रिकेट खेलमा फग फाइटर्स ३३ रनले विजयी भएको हो।
खेलमा टस जितेर पहिले ब्याटिङ गरेको फग फाइटर्स कैलाशले निर्धारित १५ ओभरमा ७ विकेट गुमाउँदै १२३ रनको चुनौतीपूर्ण योगफल तयार पारेको थियो। जवाफी ब्याटिङमा उत्रिएको एभरेस्ट ब्लेजिङ हक्सले १५ ओभरमा ७ विकेटकै क्षतिमा मात्र ९० रन जोड्न सक्यो।
लक्ष्य पछ्याउने क्रममा हक्सका ब्याट्सम्यानहरूले संघर्ष गरे पनि टोलीलाई जितसम्म पुर्याउन सकेनन्। यस जितसँगै द फग फाइटर्स कैलाशले आफ्नो दबदबा कायम राखेको छ। खेलमा उत्कृष्ट प्रदर्शन गरेका फग फाइटर्सका अनिल भाकद ‘म्यान अफ द म्याच’ घोषित भए। उनले आफ्नो टोलीको जितमा महत्वपूर्ण भूमिका निभाएका थिए।
त्यसैगरी दोस्रो खेल मकालु महाकाल राइजर विजयी भएको छ । निल गिरी ज्यागुवारलाई ४१ रनले पराजित गर्दै मकालु महाकाल राईजर विजयी भएको हो । टस जितेर बलिङ रोजेर निल गिरी ज्यागुवारले मकालु महाकाल राईजरलाई ब्याटिङको निम्तो दिएको थियो । १५ ओभरको खेलमा पहिलो पारीमा मकालु महाकाल राईजरले ७ विकेटको क्षतिमा १११ रन बनाएको थियो ।
११२ रनको लक्ष्य पछ्याउदै जवाफी ब्याटिङ गरेको निलगिरी ज्यागुवार पूरा १३ ओभर ३ बलमा विकेट गुमाएर जम्मा ७० रनमा समेटियो । दोस्रो खेलको म्यान अफ द म्याच महाकाल मकालु ज्यागुवारका सचिन खेतान घोषित भए ।
यसअघि प्रतियोगिताको उदघाटन वीरगंज महानगरपालिकाका नगर प्रमुख राजेशमान सिंहले गरेका हुन्। आदर्शनगर रंगशालामा ग्रीन सिटी सामुदायिक प्रहरी आदर्शनगरका अध्यक्ष जयप्रकाश खेतानको अध्यक्षतामा भएको कार्यक्रममा पर्साका सहायक प्रमुख जिल्ला अधिकारी बिनोद पोखरेल, जिल्ला प्रहरी कार्यालय पर्साका प्रहरी उपरीषक सुदीपराज पाठक, सशस्त्र प्रहरी उपरीक्षक मोहन बहादुर क्षेत्री, पर्साका प्रहरी नायव उपरीक्षक हरि बहादुर बस्नेत, राजु कार्की, वडा प्रहरी कार्यालय वीर्ताका प्रहरी निरीक्षक बिक्रम सुवेदी लगायत विभिन्न व्यक्तित्वहरूको उपस्थिति रहेको थियो।
शनिबार पहिलो खेल धौलागिरी बौदीमाई र कञ्चनजंघा वीरगन्ज स्ट्राईक र अन्नपूर्ण टाईगर्स र मनास्लु राईटर्सबीच अपरान्ह ४ः३० बजे हुने ग्रिनसिटी सामुदायिक सेवा केन्द्रका अध्यक्ष प्रकाश खेतानले जानकारी दिए । स्वर्गीय सुशील कुमार खेतान (टिपु)को स्मृतिमा आयोजना गरिएको उक्त प्रतियोगिता प्रतियोगितामा कुल १० वटा टिम सहभागी भएका छन् भने प्रतियोगिता अवधिभर २३ वटा खेल खेलाइने कार्यक्रम रहेको अध्यक्ष खेतानले बताए ।
