काठमाडौँ | गत भदौमा भएको ‘जेनजी’ आन्दोलनका क्रममा भएका हिंसा र दमनका घटनाको छानबिन गर्न गठित आयोगले आज (आइतबार) आफ्नो प्रतिवेदन प्रधानमन्त्री सुशीला कार्कीलाई बुझाउँदै छ।
पूर्वन्यायाधीश गौरीबहादुर कार्की नेतृत्वको तीन सदस्यीय आयोगले बिहान ११ बजे सिंहदरबारमा उक्त प्रतिवेदन पेस गर्ने कार्यक्रम छ। आन्दोलनका क्रममा ज्यान गुमाएका ७६ जनाको घटनालाई लिएर आयोगले तत्कालीन प्रधानमन्त्री केपी शर्मा ओली र गृहमन्त्री रमेश लेखकसँग समेत बयान लिएको थियो।
प्रधानमन्त्रीको कार्यालयका अनुसार, प्रतिवेदन बुझेलगत्तै मन्त्रिपरिषद्मा पेस गरी अध्ययनपश्चात् कार्यान्वयन प्रक्रिया अघि बढाइनेछ। सरकारले दण्डहीनता अन्त्य गर्ने प्रतिबद्धता जनाउँदै आएकाले यो प्रतिवेदन सार्वजनिक हुनुलाई निकै महत्त्वका साथ हेरिएको छ।

