• About
  • Advertise
  • Privacy & Policy
  • Contact
Monday, April 27, 2026
  • Login
  • Register
Advertisement
  • गृहपृष्ठ
  • सबै
  • सरकार
    • सङघीय सरकार
    • प्रदेश सरकार
    • स्थानीय सरकार
  • कर
    • सङघीय कर
    • प्रदेश कर
    • स्थानीय कर
  • पेशा/व्यावसाय
    • कृषि
    • पर्यटन
    • पेशा
    • व्यवसाय
  • उद्योग/व्यापार
    • उद्योग
    • व्यापार
  • समाज
    • अपराध
    • इतिहास
    • दुर्घटना
    • सेवा
    • धर्म
    • संस्कृति
    • सुरक्षा
  • शिक्षा /स्वास्थ्य
    • शिक्षा
    • स्वास्थ्य
  • …
    • राजनीति
    • बजेट /अर्थतन्त्र
      • संघीय बजेट
      • प्रदेश बजेट
      • स्थानीय बजेट
    • विकास
      • पूर्वाधार
      • जलबिधुत
      • सडक
      • सेवा प्रवाह गर्ने भवनहरू
    • अन्तरवार्ता
    • विचार
    • बाणिज्य
      • फाईनान्स
      • बैंक
      • वित्तीय संस्था
    • खेलकुद
    • साहित्य/मनोरञ्जन
No Result
View All Result
Tribune
  • गृहपृष्ठ
  • सबै
  • सरकार
    • सङघीय सरकार
    • प्रदेश सरकार
    • स्थानीय सरकार
  • कर
    • सङघीय कर
    • प्रदेश कर
    • स्थानीय कर
  • पेशा/व्यावसाय
    • कृषि
    • पर्यटन
    • पेशा
    • व्यवसाय
  • उद्योग/व्यापार
    • उद्योग
    • व्यापार
  • समाज
    • अपराध
    • इतिहास
    • दुर्घटना
    • सेवा
    • धर्म
    • संस्कृति
    • सुरक्षा
  • शिक्षा /स्वास्थ्य
    • शिक्षा
    • स्वास्थ्य
  • …
    • राजनीति
    • बजेट /अर्थतन्त्र
      • संघीय बजेट
      • प्रदेश बजेट
      • स्थानीय बजेट
    • विकास
      • पूर्वाधार
      • जलबिधुत
      • सडक
      • सेवा प्रवाह गर्ने भवनहरू
    • अन्तरवार्ता
    • विचार
    • बाणिज्य
      • फाईनान्स
      • बैंक
      • वित्तीय संस्था
    • खेलकुद
    • साहित्य/मनोरञ्जन
No Result
View All Result
  • गृहपृष्ठ
  • सबै
  • सरकार
  • कर
  • पेशा/व्यावसाय
  • उद्योग/व्यापार
  • समाज
  • शिक्षा /स्वास्थ्य
  • …

पर्सा १ मा थामिएन रास्वपा प्रवेशको भीड, दुई सयभन्दा बढी प्रवेशले जित सुनिश्चत पार्दै पन्त

ट्रिब्युन न्युज by ट्रिब्युन न्युज
प्रकाशित मिति : २०८२ फाल्गुन १८, सोमबार १२:४९
पर्सा १ मा थामिएन रास्वपा प्रवेशको भीड, दुई सयभन्दा बढी प्रवेशले जित सुनिश्चत पार्दै पन्त
7
SHARES
76
VIEWS

वीरगञ्ज । प्रतिनिधिसभा सदस्यको निर्वाचन जति नजिकिँदै छ । पर्सा क्षेत्र नम्बर १ मा राष्ट्रिय स्वतन्त्र पार्टीमा प्रवेशको भीड पनि उक्तिकै बढेको छ । ठूला राजनीतिक दलका प्रभावशाली नेताहरुले दुईचारजना, दुईचारजना बटुल्दै प्रवेश गराईरहेको बेला रास्वपामा भने एकैपटक ठूलो संख्यामा प्रवेश गर्नेहरुको भीड थामिएको छैन ।

यसले राजनीतिक माहोल झनै तताएको छ। यही क्रममा जनता समाजवादी पार्टी (जसपा) नेपाल परित्याग गर्दै युवा नेता सुमित चौरसिया सहित झण्डै दुई सयभन्दा बढी युवाहरू राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) मा प्रवेश गरेका छन्।

ADVERTISEMENT

वीरगञ्जमा आयोजित कार्यक्रमबीच नवप्रवेशीहरूलाई पर्सा निर्वाचन क्षेत्र नम्बर–१ बाट प्रतिनिधिसभा सदस्यका उम्मेदवार हरि पन्तले टीका–माला लगाएर स्वागत गरेका थिए। कार्यक्रममा बोल्दै पन्तले युवाहरूको बढ्दो साथले रास्वपा देशव्यापी रूपमा बलियो विकल्पका रूपमा स्थापित हुँदै गएको दाबी गरे। उनले भने, “जनता पुराना दलहरूसँग आजित भइसकेका छन्। परिवर्तन र सुशासनको अपेक्षा अब रास्वपामार्फत पूरा हुनेछ।”

रास्वपामा प्रवेश गर्दै चौरसियाले जसपा नेपाल सत्ताकेन्द्रित राजनीति र सम्झौतामा अल्झिएको आरोप लगाए। उनले मधेसका मुद्दा सम्बोधनमा कमजोरी देखिएको दाबी गर्दै आफू परिवर्तनको एजेण्डासहित रास्वपामा आबद्ध भएको बताए। “भ्रष्टाचार अन्त्य, सुशासन र युवाको भविष्य सुनिश्चित गर्न सक्ने शक्ति अब रास्वपा मात्रै हो,” उनले भने।

चौरसियासँगै प्रवेश गर्नेहरूमा विकास कुशवाहा, सुनिल अहमद, सुनिल माली, हिमांशु गुप्ता, धीरज रौनियार, सौरभ गुप्ता, राजेश राउत, ओमनाथ चौरसिया, अर्बाज अहमद लगायतका युवा रहेका छन्। रास्वपा पर्सा क्षेत्र नम्बर–१ का सभापति राम आर्यले नवप्रवेशीहरूलाई उचित जिम्मेवारी दिइने आश्वासन दिए।

यसैबीच रास्वपाले आइतबार राति वीरगञ्ज महानगरपालिका अन्तर्गत ताजपुर, परवानीपुर र भिषवामा चुनावी कोणसभा पनि सम्पन्न गरेको छ। सभामा युवापुस्ता, महिला तथा स्थानीय बासिन्दाको उल्लेख्य उपस्थिति देखिएको थियो। वक्ताहरूले रोजगारी, शिक्षा, स्वास्थ्य र पारदर्शितालाई मुख्य एजेण्डा बनाइएको बताए।

राजनीतिक विश्लेषकहरूका अनुसार युवाहरूको बढ्दो आकर्षणले पर्सा–१ मा चुनावी समीकरण परिवर्तन हुन सक्ने संकेत देखिएको छ। पछिल्लो प्रवेश र कोणसभामा देखिएको जनसहभागिताले उम्मेदवार पन्तको अभियानलाई थप ऊर्जा मिलेको आकलन गरिएको छ। चुनावी प्रतिस्पर्धा तीव्र बन्दै जाँदा युवामाझ देखिएको यो लहरले अन्तिम परिणाममा कस्तो प्रभाव पार्छ भन्ने चासो बढेको छ।

Previous Post

निर्वाचन विशेष: आज मध्यरातदेखि ‘मौन अवधि’ सुरु, प्रचारप्रसारमा पूर्ण प्रतिबन्ध

Next Post

गहवाका २०० जेन्जी युवा रास्वपामा प्रवेश, हरि पन्त थप बलियाे बन्दै

ट्रिब्युन न्युज

ट्रिब्युन न्युज

ट्रिब्यून नेपाल प्रा.लि.द्वारा सञ्चालित tribunenewsnp.com डिजिटल पत्रिका मोफसलबाट प्रकाशित एक तथ्य र तथ्यांक सहितको अनलाईन समाचार पोर्टल हो । तथ्यांकमा आधारित रहेर अध्ययन अनुसन्धान सहितको समाचार सम्प्रेषण गर्ने यस अनलाईनमा अध्ययन र अनुसन्धानमा गहिरो दख्खल राख्ने व्यक्तिहरु आवद्ध रहेका छन् । तीन तहकै सरकार सञ्चालनमा आवश्यक स्रोत व्यावस्थापन तथा परिचालनको विषयमा तथ्यांक केलाउनका लागि केन्द्रकै भर पर्नुपर्ने बाध्यतालाई अन्त्य गरी मोफसलबाट पनि तथ्य र तथ्यांक सहितको समाचार दिने हाम्रो ध्येय हो ।

ADVERTISEMENT
Facebook Twitter Youtube
ट्रिब्यून नेपाल प्रा.लि.द्वारा संचालित
tribunenewsnp.com
newsbirgunj.com
Email : tribunenews77@gmail.com
Contact : 9855032829
         9824229089
अध्यक्ष : डा. दिपेन्द्र कुमार चौधरी
सम्पादक : एन.बी. पिठाकोटे
न्युज डेस्क : इश्वर राना मगर

2023 Powered ll Site Designed By Newlife Ranjit Yadav   l  सूचना तथा प्रशारण विभाग दर्ता नं. : २४६४/०७७/०७८   l   प्रेस काउन्सिल दर्ता नं. २८६३

No Result
View All Result
  • स्वास्थ्य
  • बाणिज्य
    • फाईनान्स
    • बैंक
    • वित्तीय संस्था
  • राजनीति
  • विकास
    • जलबिधुत
    • पूर्वाधार
    • सडक
    • बजेट /अर्थतन्त्र
      • संघीय बजेट
      • प्रदेश बजेट
      • स्थानीय बजेट
  • Old Site

2023 Powered ll Site Designed By Newlife Ranjit Yadav   l  सूचना तथा प्रशारण विभाग दर्ता नं. : २४६४/०७७/०७८   l   प्रेस काउन्सिल दर्ता नं. २८६३

Welcome Back!

Login to your account below

Forgotten Password? Sign Up

Create New Account!

Fill the forms below to register

All fields are required. Log In

Retrieve your password

Please enter your username or email address to reset your password.

Log In