काठमाडौं । पूर्वी नेपालको संखुवासभा र ताप्लेजुङको सीमा क्षेत्रलाई केन्द्रविन्दु बनाएर आज बिहान भूकम्प गएको छ।
राष्ट्रिय भूकम्प मापन तथा अनुसन्धान केन्द्रका अनुसार आज बिहान ३:१८ बजे संखुवासभाको तोप्के गोला आसपास केन्द्रविन्दु भएर ४.७ म्याग्निच्युडको भूकम्प गएको हो।
बिहानको समयमा गएको यस भूकम्पको धक्का पूर्वी नेपालका विभिन्न जिल्लाहरूमा महसुस गरिएको थियो। भूकम्पबाट भएको क्षतिको विस्तृत विवरण भने हालसम्म प्राप्त भइसकेको छैन। यसअघि पनि यस क्षेत्रमा साना-ठूला परकम्पहरू जाने क्रम जारी रहेको थियो।
