रौतहट । रौतहटको दुर्गाभगवती गाउँपालिका–४ स्थित गौर–गंगापिपरा सडकखण्डको झाझपुल नजिक आज बिहान मोटरसाइकल दुर्घटना हुँदा श्रीमान्–श्रीमतीको मृत्यु भएको छ।
बिहान करिब साढे पाँच बजे गंगापिपराबाट गौरतर्फ आउँदै गरेको भारतीय नम्बर प्लेटको मोटरसाइकल सडकबाट करिब ५० मिटर तल खसेर रुखमा ठोक्किँदा दुर्घटना भएको प्रहरीले जनाएको छ।
दुर्घटनामा यमुनामाई गाउँपालिका–४ सरुअठाका २४ वर्षीय जितेन्द्र साह र उनकी २१ वर्षीया श्रीमती गम्भीर घाइते भएका थिए। उपचारका लागि प्रादेशिक अस्पताल गौर लगिए पनि उपचारकै क्रममा दुवै जनाको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय रौतहटका डीएसपी विष्णु प्रदीप बस्यालले जानकारी दिए।
घटनाबारे प्रहरीले थप अनुसन्धान गरिरहेको छ।
