काठमाडौँ । आईसीसी टी–२० विश्वकप क्रिकेट अन्तर्गत नेपालले आज आफ्नो तेस्रो खेलमा वेस्ट इन्डिजसँग प्रतिस्पर्धा गर्दैछ। खेल भारतको मुम्बईस्थित वानखेडे स्टेडियममा नेपाली समयअनुसार बिहान सवा ११ बजेदेखि सुरु हुनेछ।
यसअघि नेपाल पहिलो खेलमा इंग्ल्यान्डसँग ४ रनले पराजित भएको थियो भने दोस्रो खेलमा इटालीसँग १० विकेटको हार बेहोरेको थियो। लगातार दुई हारपछि नेपालको विश्वकप यात्रा दबाबमा परेको छ।
समूह चरणको आफ्नो अन्तिम खेल नेपालले पर्सि मङ्गलबार स्कटल्याण्डसँग खेल्नेछ। हालसम्म कुनै अंक जोड्न नसकेको नेपाल समूह ‘सी’को अंक तालिकामा पुछारमा छ। लगातार दुई खेल जितेको वेस्ट इन्डिज भने शीर्ष स्थानमा रहेको छ।
समूह चरणबाट बाहिरिने संघारमा पुगेको नेपालका लागि आजको खेल प्रतिष्ठाको लडाइँ मात्र नभई सम्भावनालाई जीवित राख्ने अन्तिम अवसरका रूपमा हेरिएको छ।
2023 Powered ll Site Designed By Newlife Ranjit Yadav l सूचना तथा प्रशारण विभाग दर्ता नं. : २४६४/०७७/०७८ l प्रेस काउन्सिल दर्ता नं. २८६३
2023 Powered ll Site Designed By Newlife Ranjit Yadav l सूचना तथा प्रशारण विभाग दर्ता नं. : २४६४/०७७/०७८ l प्रेस काउन्सिल दर्ता नं. २८६३
