काठमाडौँ । नेपालका लागि नवनियुक्त चिनियाँ राजदूत चाङ माओमिङ शुक्रबार बिहान काठमाडौँ आइपुगेका छन्। उनी एयर चाइनाको विमानमार्फत त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल ओर्लिएका थिए र चिनियाँ दूतावासले स्वागत गरेको थियो।
राजदूत चाङले सामाजिक सञ्जाल ‘एक्स’मार्फत नेपाली जनतालाई सम्बोधन गर्दै नेपाल–चीन सम्बन्धलाई अझ मजबुत बनाउने प्रतिबद्धता व्यक्त गरेका छन्। उनले “चीन–नेपाल मित्रता अमर रहोस्” भनेका छन्।
पूर्वमा उनी चीनको विदेश मन्त्रालयको एसियाली मामिला विभागमा उप–महानिर्देशक र चेकोस्लाभियाका लागि कार्यवाहक राजदूत थिए। चीनले उनलाई ‘असाधारण र सर्वाधिकार सम्पन्न राजदूत’को हैसियतमा पठाएको हो।
