• About
  • Advertise
  • Privacy & Policy
  • Contact
Saturday, May 2, 2026
  • Login
  • Register
Advertisement
  • गृहपृष्ठ
  • सबै
  • सरकार
    • सङघीय सरकार
    • प्रदेश सरकार
    • स्थानीय सरकार
  • कर
    • सङघीय कर
    • प्रदेश कर
    • स्थानीय कर
  • पेशा/व्यावसाय
    • कृषि
    • पर्यटन
    • पेशा
    • व्यवसाय
  • उद्योग/व्यापार
    • उद्योग
    • व्यापार
  • समाज
    • अपराध
    • इतिहास
    • दुर्घटना
    • सेवा
    • धर्म
    • संस्कृति
    • सुरक्षा
  • शिक्षा /स्वास्थ्य
    • शिक्षा
    • स्वास्थ्य
  • …
    • राजनीति
    • बजेट /अर्थतन्त्र
      • संघीय बजेट
      • प्रदेश बजेट
      • स्थानीय बजेट
    • विकास
      • पूर्वाधार
      • जलबिधुत
      • सडक
      • सेवा प्रवाह गर्ने भवनहरू
    • अन्तरवार्ता
    • विचार
    • बाणिज्य
      • फाईनान्स
      • बैंक
      • वित्तीय संस्था
    • खेलकुद
    • साहित्य/मनोरञ्जन
No Result
View All Result
Tribune
  • गृहपृष्ठ
  • सबै
  • सरकार
    • सङघीय सरकार
    • प्रदेश सरकार
    • स्थानीय सरकार
  • कर
    • सङघीय कर
    • प्रदेश कर
    • स्थानीय कर
  • पेशा/व्यावसाय
    • कृषि
    • पर्यटन
    • पेशा
    • व्यवसाय
  • उद्योग/व्यापार
    • उद्योग
    • व्यापार
  • समाज
    • अपराध
    • इतिहास
    • दुर्घटना
    • सेवा
    • धर्म
    • संस्कृति
    • सुरक्षा
  • शिक्षा /स्वास्थ्य
    • शिक्षा
    • स्वास्थ्य
  • …
    • राजनीति
    • बजेट /अर्थतन्त्र
      • संघीय बजेट
      • प्रदेश बजेट
      • स्थानीय बजेट
    • विकास
      • पूर्वाधार
      • जलबिधुत
      • सडक
      • सेवा प्रवाह गर्ने भवनहरू
    • अन्तरवार्ता
    • विचार
    • बाणिज्य
      • फाईनान्स
      • बैंक
      • वित्तीय संस्था
    • खेलकुद
    • साहित्य/मनोरञ्जन
No Result
View All Result
  • गृहपृष्ठ
  • सबै
  • सरकार
  • कर
  • पेशा/व्यावसाय
  • उद्योग/व्यापार
  • समाज
  • शिक्षा /स्वास्थ्य
  • …

निर्वाचनमा सवारी प्रयोगमा कडाइ: आयोगद्वारा ‘सवारीसाधनको अनुमतिसम्बन्धी कार्यविधि, २०८२’ जारी

ट्रिब्युन न्युज by ट्रिब्युन न्युज
प्रकाशित मिति : २०८२ माघ २२, बिहीबार ०८:१७
समानुपातिकको अन्तिम बन्दसूची सार्वजनिक: पुरुषभन्दा महिला उम्मेदवार धेरै
11
SHARES
126
VIEWS

काठमाडौँ । निर्वाचन आयोगले आगामी निर्वाचनलाई व्यवस्थित, मर्यादित र खर्चिलो शक्ति प्रदर्शनबाट मुक्त बनाउन ‘सवारीसाधनको अनुमतिसम्बन्धी कार्यविधि, २०८२’ जारी गरेको छ। माघ २० गते स्वीकृत उक्त कार्यविधिले प्रचारप्रसारदेखि मतदानको दिनसम्म सवारीसाधन प्रयोगका स्पष्ट मापदण्ड तोकेको छ।

आयोगका अनुसार निर्वाचनमा हुने अनावश्यक खर्च र सवारीमार्फत देखिने शक्ति प्रदर्शन नियन्त्रण गर्ने उद्देश्यले सवारीसाधनको संख्या, अनुमति प्रक्रिया र प्रतिबन्ध कडाइका साथ लागू गरिनेछ।

ADVERTISEMENT

कार्यविधिअनुसार उम्मेदवारको तहअनुसार सवारीसाधनको सीमा तोकिएको छ। प्रतिनिधिसभा र प्रदेशसभा उम्मेदवारले बढीमा दुईवटा हलुका सवारीसाधन प्रयोग गर्न पाउनेछन्। सवारी नचल्ने क्षेत्रमा भने बढीमा चारवटा घोडा प्रयोग गर्न सकिने व्यवस्था गरिएको छ।

स्थानीय तहअन्तर्गत महानगर र उपमहानगरका प्रमुख तथा उपप्रमुख उम्मेदवारले दुईवटा हलुका सवारी प्रयोग गर्न पाउनेछन्। नगरपालिका र गाउँपालिकाका प्रमुख, उपप्रमुख, अध्यक्ष र उपाध्यक्षका उम्मेदवारलाई एक–एकवटा सवारीसाधनको अनुमति दिइनेछ। वडा तहमा भने वडाध्यक्ष र वडा सदस्यले सम्बन्धित वडाभित्र मात्र प्रयोग हुने गरी एउटा सवारीसाधन चलाउन पाउनेछन्।

सवारीसाधन प्रयोगका लागि उम्मेदवार वा उनका प्रतिनिधिले सम्बन्धित निर्वाचन अधिकृतसमक्ष तोकिएको ढाँचामा निवेदन दिनुपर्नेछ। विदेशी नम्बर प्लेट भएका सवारीसाधनलाई चुनावी प्रचारप्रसारमा कुनै पनि हालतमा अनुमति नदिइने आयोगले स्पष्ट गरेको छ।

मतदान हुनुभन्दा ४८ घण्टा अघिदेखि लागू हुने मौन अवधिमा सवारीसाधन प्रयोग पूर्ण रूपमा निषेध गरिएको छ। मौन अवधिमा वा अनुमति बिना सवारी चलाएको पाइएमा ती सवारी निर्वाचन नसकिएसम्म नियन्त्रणमा लिइने व्यवस्था छ।

मतदानको दिन अनुमति प्राप्त सवारीसाधनबाहेक अन्य सवारी चलाउन पाइने छैन। तर एम्बुलेन्स, दमकल, खानेपानीका ट्याङ्कर, दूध ढुवानी गर्ने गाडी, शववाहन र कूटनीतिक नियोगका (CD नम्बर प्लेट) सवारीसाधनलाई अनुमति नचाहिने आयोगले जनाएको छ।

सुरक्षाकर्मी, सञ्चारकर्मी, पर्यवेक्षक, कूटनीतिक नियोगका प्रतिनिधि, विदेशी पर्यटक तथा आयोगले तोकेका विशिष्ट व्यक्तिहरूले मतदानको दुई दिनअघि नै पासका लागि निवेदन दिनुपर्नेछ। हवाई उडानको हकमा भने मतदानको दिन पनि यो प्रतिबन्ध लागू नहुने आयोगले स्पष्ट पारेको छ।

आयोगले कार्यविधिको प्रभावकारी कार्यान्वयनले निर्वाचनलाई थप अनुशासित र विश्वसनीय बनाउने विश्वास व्यक्त गरेको छ।

Previous Post

सूचना प्रविधि क्षेत्रको विकासका लागि नेपाल र अमेरिकी कम्पनीहरूबीच सहकार्यमा जोड

Next Post

झापामा टिपरको ठक्करबाट दुई युवकको मृत्यु

ट्रिब्युन न्युज

ट्रिब्युन न्युज

ट्रिब्यून नेपाल प्रा.लि.द्वारा सञ्चालित tribunenewsnp.com डिजिटल पत्रिका मोफसलबाट प्रकाशित एक तथ्य र तथ्यांक सहितको अनलाईन समाचार पोर्टल हो । तथ्यांकमा आधारित रहेर अध्ययन अनुसन्धान सहितको समाचार सम्प्रेषण गर्ने यस अनलाईनमा अध्ययन र अनुसन्धानमा गहिरो दख्खल राख्ने व्यक्तिहरु आवद्ध रहेका छन् । तीन तहकै सरकार सञ्चालनमा आवश्यक स्रोत व्यावस्थापन तथा परिचालनको विषयमा तथ्यांक केलाउनका लागि केन्द्रकै भर पर्नुपर्ने बाध्यतालाई अन्त्य गरी मोफसलबाट पनि तथ्य र तथ्यांक सहितको समाचार दिने हाम्रो ध्येय हो ।

ADVERTISEMENT
Facebook Twitter Youtube
ट्रिब्यून नेपाल प्रा.लि.द्वारा संचालित
tribunenewsnp.com
newsbirgunj.com
Email : tribunenews77@gmail.com
Contact : 9855032829
         9824229089
अध्यक्ष : डा. दिपेन्द्र कुमार चौधरी
सम्पादक : एन.बी. पिठाकोटे
न्युज डेस्क : इश्वर राना मगर

2023 Powered ll Site Designed By Newlife Ranjit Yadav   l  सूचना तथा प्रशारण विभाग दर्ता नं. : २४६४/०७७/०७८   l   प्रेस काउन्सिल दर्ता नं. २८६३

No Result
View All Result
  • स्वास्थ्य
  • बाणिज्य
    • फाईनान्स
    • बैंक
    • वित्तीय संस्था
  • राजनीति
  • विकास
    • जलबिधुत
    • पूर्वाधार
    • सडक
    • बजेट /अर्थतन्त्र
      • संघीय बजेट
      • प्रदेश बजेट
      • स्थानीय बजेट
  • Old Site

2023 Powered ll Site Designed By Newlife Ranjit Yadav   l  सूचना तथा प्रशारण विभाग दर्ता नं. : २४६४/०७७/०७८   l   प्रेस काउन्सिल दर्ता नं. २८६३

Welcome Back!

Login to your account below

Forgotten Password? Sign Up

Create New Account!

Fill the forms below to register

All fields are required. Log In

Retrieve your password

Please enter your username or email address to reset your password.

Log In