वीरगन्ज, पर्सा । आगामी निर्वाचनको तयारीका क्रममा प्रगतिशील लोकतान्त्रिक पार्टीका तर्फबाट पर्सा क्षेत्र नम्बर २ का उम्मेदवार अमिताभ बच्चन दासले आफ्नो चुनावी अभियानलाई तीव्र पार्नुभएको छ।
यसै सिलसिलामा वीरगन्ज महानगरपालिका वडा नम्बर २७, जसौलीमा उम्मेदवार दासको घरदैलो कार्यक्रम सम्पन्न भएको छ। कार्यक्रममा उम्मेदवार दासले स्थानीय बासिन्दासँग प्रत्यक्ष भेटघाट गरी उनीहरूका समस्या सुन्नुका साथै पार्टीको एजेन्डा र आफ्नो प्रतिबद्धताहरू प्रस्तुत गर्नुभयो।

घरदैलोका क्रममा मतदाताहरूले उम्मेदवार दासलाई भव्य स्वागत गरेका थिए।
