चितवन । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछानेले चितवन क्षेत्र नं. २ बाट आगामी निर्वाचनका लागि उम्मेदवारी दर्ता गराउनुभएको छ। सहकारी सम्बन्धी मुद्दाका सिलसिलामा वीरगञ्जमा रहेका कारण उहाँ आफैँ उपस्थित हुन नसकेपछि वारेसमार्फत मनोनयन दर्ता गरिएको हो।
लामिछानेको तर्फबाट रास्वपा भरतपुर महानगर सभापति सिता ज्ञवालीले उम्मेदवारी दर्ता गराउनुभएको हो। वीरगञ्जमा काम विशेषले व्यस्त रहेका र समय अभावका कारण उहाँ चितवन पुग्न नसक्नुभएको रास्वपा चितवनका सभापति कृष्णप्रसाद भुसालले जानकारी दिनुभयो।
रवि लामिछानेले चितवन क्षेत्र नं. २ बाट उम्मेदवार बनेको यो तेस्रो पटक हो।
